प्रस, जनकपुरधाम, २६ भदौ/
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले दक्षिण कोरियामा रहेका मधेसी युवाहरूलाई मधेसमा लगानी गर्न आग्रह गरेका छन् ।
आइतवार मधेसी समाज दक्षिण कोरियाले आयोजना गरेको ‘दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी अन्तत्र्रिmया’ कार्यक्रममा अनलाइन सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले सो आग्रह गरेका हुन् ।
मुख्य अतिथिको रूपमा सम्बोधन गरेका उनले मधेसमा लगानी गर्न सकिने क्षेत्रहरूमा कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्र रहेको बताए । लगानीको वातावरण निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको प्रतिबद्धता जाहेर गर्दै मुख्यमन्त्री गद्दीले भने, “आफनो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेस सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुहोस्, यहाँ लगानीको वातावरण हामी दिन्छौं । समृद्ध मधेस निर्माणको बाटोमा यहाँहरूको सहयोगको अपेक्षा हामीले गरेका छौं ।”
प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरिसकेको मुख्यमन्त्री गद्दीको भनाइ थियो । भर्चुअल कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील ११६ जना युवाहरूको सहभागिता थियो ।