प्रस, रौतहट, २५ भदौ/

यमुनामाई गाउँपालिकाका कर्मचारीहरू गाउँपालिकामा हाजिर नभई आफ्नो घरायसी कार्यमा व्यस्त हुने गरेको जनगुनासो बढेपछि आज यमुनामाईका गाउपालिकाले अध्यक्षले छडके गर्दा एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको पाइएको छ ।

अनुपस्थित कर्मचारीहरूमा का.स रामकृष्ण झा ४२ दिन, सञ्जय जयसवाल नौ दिन, नन्दकिशोर साह चार दिन, धर्मेन्द्र यादव चार दिन, नीतेशकुमार सिंह तीन दिन, जितेन्द्रप्रसाद तीन दिन, हृदयनारायण यादव दुई दिन, देवेन्द्र कुशवाहा, रामाधार यादव, मनीषा चौधरी, रमन शाह, मुकेश यादव, सिया पटेल, किरण शाह, उमाशङ्कर एक/एक दिन अनुपस्थित रहेको गाउँपालिका अध्यक्ष महमद साउदले बताएका छन् ।

अनुपस्थित हुने कर्मचारीको हाजिरीमा अनुपस्थित जनाई कारबाई प्रक्रिया अगाडि बढाइएको अध्यक्ष साउदले बताए ।

विगत कैयौं वर्षदेखि कर्मचारीहरू गाउँपालिकामा हाजिर नभई आफ्नो घरायसी कार्यमा व्यस्त हुँदै आएको गुनासो बढेपछि अध्यक्ष साउदले प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवलाई बोलाई हाजिरीमा अनुपस्थित जनाइएका हुन् ।                        स्मरण रहोस् यमुनामाई गाउँपालिका मात्र होइन, कैंयौ नगरपालिकाका कर्मचारी पनि कार्यालयमा हाजिर हुने गरेका छैनन् ।

नेताहरूले देशमा सङ्घीयता आएपछि गाउँगाउँमा सिंहदरबार आएको भाषण गरे पनि गाउँले जनताले झन् दुःख तथा पीडा भोग्नुपरेको अनुभव छ । जनतालाई सेवा दिने कर्मचारी, नेता जुलूस नारामा भाग लिई तलब लिंदै आएको जनगुनासो बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here