प्रस, वीरगंज, २५ भदौ/

ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवा, वीरगंज–१५ मा आज ज्येष्ठ नागरिक सङ्घ, पर्साले नेपाल सरकारले ज्येष्ठ नागरिक हितका लागि ल्याएको ज्येष्ठ नागरिक ऐन २०६३ र त्यसमा हालसम्म भएको संशोधन विषयमा गोष्ठी आयोजना  गरी व्यापक छलफल गरेको छ ।

ज्येष्ठ नागरिक ऐन सम्बन्धमा वीरगंजका वरिष्ठ अधिवक्ता हरेराम सर्राफले प्रकाश पारेका थिए । उनले ऐनमा रहेका प्रावधानहरूबारे विस्तृत जानकारी गराएका थिए ।

अर्का वक्ता संविधानसभा सदस्य आत्माराम साहले ज्येष्ठ नागरिक ऐनको सैद्धान्तिक पक्षबारे प्रकाश पारेका थिए भने वीरगंजका बौद्धिक व्यक्तित्व विनोद गुप्ताले नेपालको सकल मानव अधिकारको २०२१ मा भएको गतिविधिको विवरण प्रस्तुत गर्दै ज्येष्ठ नागरिक अधिकारबारे आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति विक्रम शाह, मदन गुप्तालगायत सदस्यहरूले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका ८० जना सदस्यको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here