प्रस, वीरगंज, २३ भदौ/

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नभए गठबन्धनको अर्थ नरहने दोह¥याएका छन् ।

वीरगंजमा स्थापना भएको मधेस विश्वविद्यालयको कार्यालय भवनको बिहीवार अध्यक्ष यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीले संयुक्त रूपमा उद्घाटन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिजो वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेलामा भनेको कुरा दोह¥याएका हुन् । उनले तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने गठबन्धनको कुनै अर्थ नरहने बताए । उनले सबै दललाई जीत हुने गरी अगाडि बढ्नुपर्ने पनि बताए । अध्यक्ष यादवले जसपाले ३२ सिट दाबी गरेको बताए । उनले भने– हाम्रो दाबी ३२ सिटमा छ, यो छलफल र समझदारीको विषय हो समझदारीमा लागेको टुङ्गो मान्य हुने पनि बताए ।

सिट बाँडफाँड कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको र सम्भवतः बिहीवार कार्यदलको प्रतिवेदन आएपछि नेताहरूसँग बसेर छलफल गरी टुङ्ग्याउने बताए ।

कार्यक्रममा मुख्यमन्त्री गद्दीले वीरगंजवासीको ०५४ सालदेखिको विश्वविद्यालय स्थापना गर्ने सपना पूरा भएको दाबी गरे । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मधेस विश्वविद्यालयको स्थापना भएकोमा खुशी व्यक्त गरे । विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले नेशनल ट्रेडिड्ढो १५ कठ्ठा जमीनमा तत्काल विश्वविद्यालयको कार्यालय स्थापना गरिएको र पर्सा जिल्लामा १ सय बिघा जमीन खोजेर विश्वविद्यालयका लागि अन्य पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी रहेको बताए ।

कार्यक्रममा उपकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साह, नगरप्रमुख राजेशमान सिंह, वीउवासङ्घका अध्यक्ष सुबोध गुप्तालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here