सुग्रीव साह, भिस्वा, २२ भदौ/
छिपहरमाई गाउँपालिका कार्यालयले मङ्गलवार साँझ शिक्ष्Fकहरूको नतीजा सार्वजनिक गरेपछि सोको विरोधमा वडाध्यक्षले नै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
हिजो साँझ ७ बजेतिर गापाको कार्यालयको सूचना पाटीमा शिक्ष्Fकहरूको नतीजा प्रकाशित भएपछि राति ९ बजे वडा नं. ५ का अध्यक्ष मौजीलाल साह कानूले टायर बालेर गापा अगाडि प्रदर्शन गरेका थिए । उनले शिक्ष्Fक नियुक्तिमा अनियमितता भएको आरोप लगाए । गापाको कार्यालयले अङ्ग्रेजी, कम्प्युटर, अर्थशास्त्र, नेपाली र गणित विषयको लागि शिक्ष्Fक माग गरेको थियो ।
लिखित तथा मौखिक परीक्ष्Fाको नतीजा भदौ २१ गते साँझ प्रकाशन भएपछि वडाध्यक्ष्F कानूले नेपााली र गणित विषयका शिक्षकहरूको नतीजा प्रकाशित नभएको भनेर टायर बालेर विरोध गरे । उनले उपाध्यक्ष लीलावतीदेवी कानूकी छोरी, ज्वाईं र छोरा नियुक्त भएको र अन्यको पनि आफन्तहरू नियुक्ति भएको भन्दै दोष लगाए ।
उपप्रमुख कानूका पति किशोरीप्रसाद कानूले वडाध्यक्ष कानूकी बहिनी प्रतिमा कुमारीले नेपाली विषयमा परीक्ष्Fा दिएको तर लिखितमा फेल भएको बताए ।
गापाले प्रकाशन गरेको शिक्ष्Fकको नतीजामा गणित र नेपाली विषयमा कोही पनि सफल नभएकोले नाम प्रकाशन नगरेको बताइएको छ । गापाले प्रकाशन गरेको सूचीमा तीनजना अङ्ग्रेजी, तीनजना कम्प्युटर र एकजना अर्थशास्त्रका शिक्ष्Fक गरी सातजनाको नाम छ ।