प्रस, जीतपुर, २२ भदौ/

नेकपा माओवादी बाराले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि चारवटै क्षेत्रबाट नाम सिफारिश गरेको छ ।

बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा डा गोपाल ठाकुर र श्यामकिशोर यादव प्रत्यक्षतर्फ सिफारिश भएका छन् । यो क्षेत्रबाट समानुपातिकमा युवराज लामा, मोहन खड्का, श्रीमाया बल, धनमाया बल, हेम कर्ण, जङ्गबहादुर साह, मासुम खातुन, वासु चौधरी, उर्मिलादेवी कोइरी र सकिना खातुनको नाम सिफारिश भएको छ ।

क्षेत्र नं. १ (क) को प्रदेशसभामा हरि चौधरी, तपेश्वर चौधरी, रविराज दङ्गाल, बेनीबहादुर मोक्तान, अमृतकुमार पन्जियार, रमेश अर्याल र महेश्वर अधिकारीको नाम प्रत्यक्षमा सिफारिश भएको छ भने समानुपातिकमा सञ्जीव लोप्चन, तारा खड्कालगायत ९ जनाको नाम सिफारिश भएको छ ।

बारा क्षेत्र नं. १ (ख) बाट प्रत्यक्षमा गजेन्द्रप्रसाद यादव, सरोजकुमार कुशवाहाको नाम सिफारिश भएको छ भने समानुपातिकमा रामबाबू मेहता, पार्वती फौज्दारलगायत ९ जनाको नाम सिफारिश भएको छ ।

बारा क्षेत्र नं. २ मा प्रतिनिधिसभामा शिवचन्द्र कुशवाहाको एकल नाम सिफारिश भएको छ समानुपातिकमा देवीप्रसाद पराजुली र मगनी मुखियाको नाम सिफारिश भएको छ ।

बारा क्षेत्र नं. २ (क)मा प्रदेशसभामा प्रत्यक्षतर्फ मिश्रीलाल सहनी, फणीन्द्रराज सुवेदी र श्रीनारायण कुशवाहाको नाम सिफारिश भएको छ भने समानुपातिकमा रकमुद्दीन अन्सारी, थुपा पासवानलगायत चारजनाको नाम सिफारिश भएको छ ।

क्षेत्र नं. २ (ख)बाट प्रत्यक्षमा चन्देश्वरप्रसाद साह, धीरेन्द्रप्रसाद यादव, भगवान गिरीको नाम सिफारिश भएको छ भने समानुपातिकमा निर्मलादेवी जयसवाल, चन्द्रिका सिंहलगायत ८ जनाको नाम छ । 

बारा क्षेत्र नं. ३ को प्रतिनिधिसभामा गीता कँडेल, सोनालाल साहको नाम सिफारिश भएको छ भने समानुपातिकमा सुनील कुशवाहा, कुसुम ठकुरीलगायत ६ जनाको नाम परेको छ ।

यसैगरी क्षेत्र नं. ३ (क) प्रदेशसभा सदस्यको लागि प्रत्यक्षतर्फ मुकेश साह, राजु अधिकारी, उमेश यादव, केदार बजगाईं, रामशरण बर्तौला, राजन चौधरी, भरत भण्डाारी र तीर्थ गुरुड्ढो नाम सिफारिश भएको छ भने समानुपातिकमा फूलकुमारी, सुरेश यादवलगायत चारजनाको नाम सिफारिश भएको छ ।

क्षेत्र नं. ३ (ख)बाट प्रत्यक्षमा रमेश साह, बाजूजान हवारी, सुनरपती देवी र सन्दीप यादवको नाम सिफारिश भएको छ भने समानुपातिकमा जरिना बेगम, तपसुम आरालगायत छजनाको नाम सिफारिश भएको छ ।

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र जयराम दाहालको नाम सिफारिश भएको छ भने समानुपातिकमा गम्भीरा सहनी, लीला खनाललगायत सातजनाको नाम सिफारिश भएको छ ।

क्षेत्र नं. ४ (क)बाट प्रदेशसभामा प्रत्यक्षतर्फ प्रेम बराल, मीनप्रसाद आपागाईं, बेनीप्रसाद अधिकारीको नाम सिफारिश भएको छ र समानुपाातिकमा अमरूल नेशा, श्यामसुन्दर पासवान, रेशमा चौधरीलगायत ९ जनाको नाम सिफारिश भएको छ ।

बारा क्षेत्र नं. ४ को (ख)बाट प्रत्यक्षमा राजु देवान, मोजाहीद अन्सारी, शुभनारायण जैसवार र दीपेन्द्र कुशवाहाको नाम सिफारिश भएको छ भने समानुपातिकमा भिखारीसाह कानू, सीता अधिकारीलगायत आठजनाको नाम सिफारिश भएको छ ।

प्रस, वीरगंज/

नेकपा माओवादी केन्द्र पर्साले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि उम्मेदवारहरूको नाम सिफारिश गरेको छ ।

जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको नाम सिफारिश गरेको हो । आज बसेको बैठकले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा जफर अन्सारी, क्ष्Fेत्र २ बाट बालकृष्ण श्रेष्ठ, ३ बाट डा सुभाष यादवको एकल नाम सिफारिश गरेको छ भने क्ष्Fेत्र नं. ४ बाट टेकबहादुर शाक्य र इमदाद गद्दी गरी दुईजनाको नाम सिफारिश गरेको छ ।

प्रदेशसभामा क्षेत्र नं. १ (क)बाट रहबर अन्सारी, प्रभु यादव, पश्मिना खातुन र (ख)बाट सुरेन्द्र गुप्ताको एकल नाम सिफारिश गरेको छ ।

क्षेत्र नं. २ बाट अमिताभ बच्चन दास (क)बाट प्रभाकर गुप्ताको एकल नाम सिफारिश भएको छ ।

क्षेत्र नं. ३ (क)बाट पनि बालेश्वरप्रसाद थारू, (ख)बाट छोटेलाल यादवको एकल नाम सिफारिश भएको छ ।

क्षेत्र नं. ४ (क)बाट विजय महतो र वीरेन्द्रप्रसाद यादव र (ख)बाट शेख चाँदतारा, सन्तोष पटेल र मुरलीमनोहर तिवारीको नाम सिफारिश भएको छ ।

जिल्ला समन्वय समितिको बैठक पर्सा संयोजक रामदरश कुशवाहाको अध्यक्षता तथा जिल्ला इन्चार्ज विजय महतोको प्रमुख आतिथ्यमा बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here