चिरञ्जीवी सापकोटा, २० भदौ/
ठोरी गाउँपालिका–१ को चौतारामा हरितालिका तीजको अवसरमा सम्पन्न फूटबल प्रतियोगिताको उपाधी निर्मल समाज युवा क्लब ठोरी–४ लाई दिने निर्णय भएको छ । आयोजक समितिको आयोजनामा सम्पन्न बैठकले १७ गते भएको फाइनल खेलको विजेता निर्मल समाज युवा क्लब ठोरी–४ र उपविजेता वनशक्ति युवा क्लब ठोरी–२ लाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष तथा निर्मल समाज युवा क्लबका अध्यक्ष जगेन्द्र पौडेलले बताए ।
एक/एक गोलको बराबरीमा सम्पन्न फाइनल खेलमा वनशक्ति युवा क्लबका खेलाडीलाई रातो कार्ड दिएपछि विवाद उत्पन्न भएको थियो । आयोजक समितिले दिएको समय सीमा भित्र वनशक्ति युवा क्लब खेल्न नमानेको कारण अनुशासनका आधारमा निर्मल समाज युवा क्लबलाई विजेता घोषित गर्ने आयोजक समितिले जनाएको ।
विजेता टिमले नगद रु ४९ हजार एक सय, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले नगद रु २४ हजार एकसय, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।