प्रस, वीरगंज, १७ भदौ/
जनता समाजवादी पार्टी, पर्सा क्ष्Fेत्र नं १ (ख) बाट मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीको एकल नाम सिफारिश भएको छ। शुक्रवार बसेको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को बैठकले सो निर्णय गरेको वडाध्यक्ष रमेशप्रसाद यादवले बताए। उनकै अध्यक्षतामा बसेको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्य भीमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमकुमारी सिंह क्षत्री, रामदरश प्रसाद, सलाउद्दीन मियाँ, अयुब मियाँ, वीरेन्द्र यादव, लालदेवप्रसाद यादव, ईश्वरचन्द्र यादव, नुरुलहोदा फकिर, श्यामबाबूप्रसाद चौरसिया गरी १२ जनाको नाम सिफारिश गरिएको छ।
यसैगरी, जसपाबाट पर्सा क्ष्Fेत्र नं ३ (क) को लागि प्रत्यक्षतर्फ शिवकुमार साह, प्रमोदकुमार जयसवाल, मन्जुर अन्सारी, अनिल राउत गरी चारजनाको नाम सिफारिश गरिएको छ भने समानुपातिकतर्फ हफिम खातुन, अमिना खातुन, पुनीतदेवी गिरी, रविनेशा खातुन, शिवसाह तेली, नागेन्द्रप्रसाद यादवलगायत १५ जनाको नाम सिफारिश भएको छ। बैठक उपेन्द्र यादवको अध्यक्ष्Fतामा बसेको थियो। यसैगरी, पर्सा जिल्ला निर्वाचन क्षेत्र नं ३ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा जसपा नेपालका मधेस प्रदेश परिषद् सदस्य शिवकुमार साहको नाम सिफारिश गरिएको छ।
यसैगरी, नेकपा एमाले जिल्ला कमिटीले पर्सा क्ष्Fेत्र नं १ (क) मा संविधानसभा सदस्य विचारीप्रसाद यादवको नाम प्रदेशसभा सदस्यको लागि सिफारिश गरेको छ। आज भएको बैठकले प्रत्यक्षतर्फ यादवसहित सातजना र समानुपाातिकतर्फ ११ जनाको नाम सिफारिश गरेको छ। यसैगरी, एमालेको क्ष्Fेत्र नं ३ को प्रादेशिक समितिको बैठकले प्रदेशसभा सदस्यमा नीरराज गिरीको एकल नाम सिफारिश गरेको छ।
समानुपातिकमा लक्ष्मी थापा कुशवाहा, पुरन यादव, असरफ मियाँ, इमाम मियाँ, इन्द्रदेव महतो थारू, गौरी यादव, केसी लामिछानेको नाम सिफारिश गरेको छ। बैठक हरिनारायण रौनियारको अध्यक्षता तथा पर्साका सहइन्चार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो।
यसैगरी, नेकपा एमालेबाट पर्सा क्ष्Fेत्र नं २ (ख) को प्रत्यक्षतर्फ महेश दास, श्याम गुप्ता, रूपनारायण प्रसाद, हरेराम पटेल, खुर्रम आलम गरी पाँचजनाको नाम सिफारिश गरिएको छ। समानुपातिकतर्फ हरिशङ्करलाल कर्ण, शशिकला देवी, हीरामतीदेवी कुर्मी, नूतन सरावगी, अफजल हुसेन, सारा खातुनको नाम सिफारिश गरिएको छ।
प्रदेशसभा क्ष्Fेत्रीय कमिटीका संयोजक अफजल हुसेनको अध्यक्षता तथा पर्सा इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा भएको बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला अध्यक्ष जयप्रकाश थारू, वीरगंज महानगर कमिटीका सचिव सुन्दर कुर्मीलगायतको सहभागिता थियो।