प्रस, परवानीपुर, १७ भदौ/
वीरगंजमा दुई दिनदेखि चाबोसती दादीको वार्षिक महोत्सव आयोजना गरिएको छ। रूँगटा समूहका मुरलीधर रूँगटाको आयोजनामा वीरगंजको आदर्शनगरस्थित चाबोसती मन्दिरमा महोत्सव गरिएको हो।
जसमा कोलकाताकी भजनकीर्तन गायिका डोली अग्रवालले झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी थिइन्। भारतको राजस्थान राज्यको बगडमा मारवाडी समुदायकी कुलदेवीको रूपमा चाबोसती दादीको पूजा गरिन्छ। हरेक भदौको पञ्चमीका दिन भोग लगाइन्छ भने षष्ठीका दिन मङ्गलपाठको जप गरिन्छ। वीरगंजमा चाबोसती दादीलाई कुलदेवी मान्ने रूँगटा, खेतान, बगाडिया, डिडवनियालगायतका मारवाडी समुदाय यो महोत्सवमा हर्षोल्लासका साथ सहभागी भएको रूँगटा समूहका सुरेश रूँगटाले बताए। महोत्सवको अवसरमा पूजापाठ र प्रसाद पनि वितरण गरिएको थियो।