प्रस, वीरगंज, १४ भदौ/
नेपाल चिकित्सक सङ्घ, पर्साले मङ्गलवार विज्ञप्ति जारी गर्दै भदौ १३ गते दिउँसो नारायणी अस्पतालमा चिकित्सकसँग दुव्र्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूलाई २४ घण्टाभित्र कारबाई नगरिए सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
सङ्घका महासचिव डा नौशाद हकले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई आज अध्यक्ष डा मनोज गुप्ताले घटित घटना सम्बन्धमा जानकारी गराउँदै दोषीहरूलाई २४ घण्टाभित्र कारबाई नगरिए सेवा ठप्प पार्ने चेतावनी दिएको बताए । चिकित्सक सङ्घले जनाए अनुसार वीरगंज हेल्थकेयर अस्पतालमा कार्यरत डा आशिफ अन्सारीको टोलीले साउन २६ गते उपचारको क्रममा भएको घटना सम्बन्धमा हिजो सोही पक्षका मानिसहरूले दिउँसो २ः३० बजे प्रहरीको उपस्थितिमा नारायणी अस्पताल र चिकित्सक सङ्घको भवन तथा अध्यक्ष्F डा गुप्ताको बिर्तास्थित क्लिनिकअगाडि पुगेर अपमानजनक अभद्र व्यवहार गर्नुका साथै डर, धाक, धम्की दिएको थियो । हुल पुगेर अस्पताल, क्लिनिक र सङ्घको कार्यालयमा भएको घटनाका जिम्मेवारहरूलाई पक्राउ गरेर २४ घण्टाभित्र कारबाई नभए आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य संस्थाको सेवा ठप्प गर्ने चेतावनी दिइएको छ ।