प्रस, वीरगंज, ११ भदौ/

वीरगंज महानगरपालिका–२४ रामगढवामा रहेको कुर्मी सेवा सदनमा नवनिर्मित विवाहभवनको शनिवार उद्घाटन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले भवनको उद्घाटन गर्दै जनसेवामा लाग्न आग्रह गरे ।

स्वजातीय समुदायलगायत अन्य समुदायले पाँच वर्षको लागि काम गर्न आफूलाई जिम्मेवारी दिएको र सामाजिक उत्तरदायित्व अन्तर्गत विवाहभवनको कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

संसदीय कोष अन्तर्गत एक करोड १० लाखको लागतमा सो भवनमा निर्माण भएको हो ।

सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुरुषोत्तम झा, रामनारायण कुर्मी, शिवशङ्कर पटेल, विजय पटेल, दीपक शाक्य, शिव पटेल, ब्रह्मदेवप्रसाद कुर्मी, जगरनाथ कुर्मी, सदानन्द कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन  सचिव अनुराग पटेल तथा स्वागत मन्तव्य विश्वेश्वर कुर्मीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here