चीनमा ५४ करोड वर्ष पुरानो एउटा जीवको जीवाश्ममाथि अध्ययन गरिएको छ । अचम्मको कुरा यो जीव एकदमै भिन्न थियो, यसको पछिल्लो भाग थिएन जहाँबाट यस जीवले मल त्याग गर्न सक्थ्यो । यसको नाम एङ्ग्री मिनिओन राखिएको छ । नेचर पत्रिकामा प्रकाशित यस नयाँ अध्ययन अनुसार यो जीव मान्छेको पूर्वज होइन ।

डेलीस्टारमा प्रकाशित रिपोर्ट अनुसार चीनमा पहिले जब शोध गरिएको थियो तब यो कुरा भनिएको थियो कि सैकोरहाइटस कोरोनरियस नामक ५४ करोड वर्ष पुरानो सूक्ष्म जीवाश्म ड्युटेरोस्टोम प्रजातिको पहिलो ज्ञात सदस्य थियो । त्यतिबेला यसलाई मान्छेको पूर्वज हुन सक्ने भनिएको थियो । यद्यपि शोधकर्ताको भनाइ छ कि चीनको यो सानो प्राणी आर्थोपोडको समान विकासवादी समूहको भाग थियो, जसमा कीरा र क्रस्टेशियन सामेल थियो । ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक र अध्ययनका सहलेखक फिलिप डोनोग्यूको भनाइ छ पहिले प्रकाशित शोधमा यो सुझाव दिइएको थियो कि सैकोरहाइटस हाम्रFे आफ्नो विकासवादी वंशको प्रारम्भिक सदस्य थियो । जनावरको एउटा समूह जसलाई ड्युटेरोस्टोम भनिन्छ ।

उनले भने–तर हामीसँग यस्ता नमूना थिए जसलाई सही ढङ्गले सुरक्ष्Fित गरिएको थियो । यसैले हामीले तुरून्त पत्ता लगायौं कि पहिलेको शोधमा यसलाई गलत बताइएको थियो । शोधकर्ताले यस प्राणीको थ्रीडी मोडेल बनाउन सयकडौं एक्सरे तस्वीर र शक्तिशाली कम्प्युटर प्रयोग गरेका थिए, जसमा यसको सूक्ष्म विशेषतालाई राम्ररी बुझ्न मदत पुग्यो ।

डोनोग्यूको भनाइ छ कि सैकोरहाइटस एक मिलिमिटर आकारको हुन्छ र यो चाउरिएको भकुन्डोसरह देखिन्छ, यसको चारैतिर काँडाको गुच्छा हुन्छ र दाँतको छल्ला हुन्छ । म यसलाई एङ्ग्री मिनिओनको रूपमा वर्णित गर्न रुचाउँछु ।

यसको मुखको चारैतिरको छिद्रको व्याख्या पहिले गलफाडोको छिद्रको रूपमा गरिएको थियो तर नजीकबाट विश्लेषण गर्दा पत्ता लाग्यो कि छिद्र वास्तवमा मेरुदण्डको हाडको आधार थियो, जुन जीवाश्म संरक्षणको क्रममा टुक्रियो । भर्जिनिया टेक कलेज अफ साइन्सका भूविज्ञान विभागका एक पोलिबायोलोजिस्ट प्रोफेसर शुहाई जिओले भने हामी माध्यमिक मुखवाला सबैभन्दा पुरानो जनावरको खोजमा फर्केका छौं ।

वैज्ञानिकका अनुसार सैकोरहाइटस वास्तवमा एउटा इक्डिसोजोन हो, एउटा समूह जसमा आर्थोपोड र नेमाटोड हुन्छ । युटेरोस्टोमको भ्रूणमा मल त्याग गर्नको लागि पहिलेदेखि एउटा ठाउँ बनेको थियो, जुन पछि मुख बन्यो । जबकि सैकोरहाइटसमा एउटा छिद्र हुन्छ जसले दुवै कार्य गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here