मनिला, ६ भदौ/सिन्ह्वा

फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घण्टाको समयावधि अर्थात् आइतवार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार आइतवार मात्र तीन हजार ६४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।

यहाँ कम्तीमा पनि ३५ हजारजना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मा ३९ हजारभन्दा बढी मानिसमा सङ्क्रमण थियो ।

त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरू घटेका भएपनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा कम

नयाँ दिल्ली/सिन्ह्वा

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधि अर्थात् आइतवार मध्यरातिसम्म नौ हजार ५३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमवार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार ९६० जना कोराना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिनअगाडि अर्थात् आइतवार प्रकाशित तथ्याङ्क अनुसार एक दिनमा ११ हजार ५३९ जनामा सङ्क्रमण देखा परेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार ६४८ रहेको छ ।

गत २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरू भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार ३६८ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १२ हजार ७८३ जना कोरोनामुक्त भएका छन् । यसैसँगै कुल चार करोड ३७ लाख १२ हजार २१८ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका हुन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो ।

सो समयबाट हालसम्म दुर्ई अर्ब दश करोड २४ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना शुरू भएयता हालसम्म ८८ करोड ६० लाखभन्दा बढी मानिसको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here