जसरी बगैंचामा उब्जाइएको तरकारीलाई सबैभन्दा शुद्ध मानिन्छ, त्यसै प्रकार घरमा हुर्किएको जनावरबाट पाइने दूधलाई राम्रFे मानिन्छ किनभने यी सबै हाम्रFे हेरचाहमा हुन्छ तर कुखुरापालनमा यस्तो हुँदैन । नयाँ अनुसन्धानले भनेको छ पोल्ट्री फार्मभन्दा घरमा पालेको कुखुराको अन्डा खतरनाक साबित हुन सक्छ । साइन्स डाइरेक्टको रिपोर्ट अनुसार अन्डा ताजा हुनु शुद्धताको चिह्न होइन । यसमा एउटा अर्को खतरा पनि छ । अस्टे«लियामा कुखुरामाथि गरिएको अनुसन्धानले यो कुरा प्रकाशमा आएको छ ।

घरमा हुर्किएको कुखुराको अन्डा कति खतरनाक हुन्छ, त्यसबारे अनुसन्धान गर्न अस्टे«लियाका २५ हजार घरबाट नमूना सङ्कलन गरिएको थियो । यसमध्ये सिडनीका ५५ घरको माटो पनि समावेश गरिएको थियो । नतीजा अनुसार पोल्ट्री फार्ममा हुर्काइने कुखुराको तुलनामा घरको कुखुराको अन्डामा सीसा अर्थात् लेड ४० प्रतिशतसम्म बढी भेटियो । सिडनीमा हरेक दुईमध्ये एउटा कुखुरामा सीसा पाइएको थियो ।

सीसा अर्थात् लेड मान्छेको लागि खतरनाक हुन्छ । घरमा हुर्किने कुखुरा र त्यसको अन्डामा सीसा पाइन्छ, जुन मानिसको लागि निकै खतरनाक हुन्छ । अस्ट्रेलियामा चार लाख मानिसले कुखुरापालन गर्छन् र उनीहरूले ठूलो मात्रामा अन्डा बेच्छन् । घरमा हुर्काइएको कुखुराका अन्डा सुरक्षित नभएको उनीहरूको ठहर छ ।

विश्व स्वास्थ्य सङ्गठन अनुसार सीसा मानिसको लागि थुप्रै प्रकारले खतरनाक हुन्छ । यसले रक्तचाप बढाउँछ, मिर्गौला क्षतिग्रस्त गर्न सक्छ, मुटुरोगको कारण बन्न सक्छ र आइक्यू लेभल पनि घटाउन सक्छ । यसको अलावा महिलामा यसले गर्भपात पनि गराउन सक्छ ।

शोधकर्ताको भनाइ अनुसार कुखुरामा खतरनाक सीसा माटोको माध्यमबाट पुग्छ । कुखुराले साधारणतया माटोमा खसेको खानेकुरा खान्छ, जसले गर्दा उनीहरूको शरीरमा सीसा पुग्छ । शरीरमा पुगेपछि सीसाको मात्रा अन्डामा पनि पुग्छ । रिपोर्ट अनुसार २० माइक्रोग्राम प्रतिडेसिलिटर वा यसभन्दा बढी सीसाको मात्राले नोक्सान पु¥याउँछ । घरमा हुर्काइएको कुखुरामा २० माइक्रोग्राम/डिएलभन्दा बढी सीसा भेटिएको थियो ।

जबकि पोल्ट्री फार्ममा हुर्काइएको बोइलर कुखुरालाई सन्तुलित, पोषिलो खुराक खुवाइन्छ । कुखुराहरूलाई बाहिर छाडिंदैन र माटोको सम्पर्कमा राखिंदैन । जसले गर्दा पोल्ट्री फार्मको कुखुराका अन्डामा सीसाको मात्रा निकै कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here