प्रस, जनकपुरधाम, ५ भदौ/

जनकपुरधाममा पहिलोपटक पहिलोपटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

छ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका वडा नं १० देवीचोक निवासी ६० वर्षीया देवसुनर देवीको शल्यक्रिया सफल भएको हो । जनकपुरधाम वडा नं ४ मुरलीचोकस्थित जनकपुर न्यूरो हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सफलताका साथ ब्रेन ट्युमरको शल्यक्रिया गरेको हो । सोसम्बन्धी जानकारी गराउन अस्पतालले सोमवार पत्रकार सम्मेलन गरेको थियो ।

देवसुनर देवीको न्यून खर्चमा  शल्यक्रिया सफल भएको अस्पतालका सञ्चालक तथा न्यूरो सर्जन डा विजयकुमार राउतले बताए । डा राउत नेतृत्वको चिकित्सक टोली शल्यक्रियामा सहभागी थियो । अन्यत्रभन्दा झन्डै ५० प्रतिशत कम खर्चमा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । डा राउतका अनुसार देवसुनर देवीको मस्तिष्कको बीच भागमा पाँच सेन्टिमिटर आकारको ट्युमर थियो । लगातार आठ घण्टाको शल्यक्रियापछि उक्त ट्युमर झिक्न सफल भइएको हो ।

शल्यक्रियाभन्दा पहिले शरीरको दाहिने भाग नचल्ने भएको देवसुनरले शल्यक्रियापछि चल्न थालेको बताइन् । आफूले नयाँ जीवन पाएको भन्दै चिकित्सक टोलीलाई धन्यवादसमेत दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here