प्रस, वीरगंज, ४ भदौ/
वीरगंज उद्योग वाणिज्य सङ्घमा गठित क्यापिटल तथा शेयर मार्केट समितिका सभापति मुरली जालानको अध्यक्षतामा शनिवार शेयर बजारबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सङ्घको सभाकक्षमा शेयर लगानीकर्ता सचेतना तथा अन्तक्र्रिया एक दिने अभिमुखीकरण तालीम दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले शेयर लगानी गर्दा सोचेर र लगानी गर्ने, लगानी नडुबोस् भनेर लगानी गर्न लागेको संस्थाबारे पूर्ण जानकारी लिएर मात्र लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा मधेस प्रदेशका ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले शेयर मार्केटमा जसले पनि नाफाको मात्र कुरा गर्ने गरेको देखिन्छ तर शेयर मार्केटमा कहिले राम्रो आम्दानी हुन्छ भने कहिले घाटा पनि हुन्छ । त्यसैले लगानी लगाउने संस्थाप्रति जानकारी लिएर लगानी गर्न अनुरोध गरे ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, सङ्घका कार्यसमिति सदस्य नीरज अग्रवालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सुभाषचन्द्र भट्टराई, हरि ढकाल, शिवचन्द्र, सुरेश प्याकुरेल लगायतले सहभागीहरूलाई शेयर कारोबारबारे जानकारी गराएका थिए ।