प्रस, सिम्रFैनगढ, ४ भदौ/
बारा उद्योग वाणिज्य सङ्घ शखा सिम्रौनगढको नवौं साधारणसभा र छैठौं अधिवेशन आज उद्योग वाणिज्य सङ्घ सिम्रौनगढको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बारा उद्योग वाणिज्य सङ्घ कलैयाका अध्यक्ष राजकुमार साहले बताए कि कुनै पनि ठाउँको विकास गर्न त्यहाँका उद्योगी व्यवसायीको निकै भूमिका हुन्छ ।
यहाँ जनतादेखि सरकारसम्मको दृष्टि हामीतिर हुन्छ । बोर्डर क्षेत्रमा व्यापार गर्न कति गा¥हो छ व्यापारीहरूलाई थाहा छ । यसमा पनि भन्सार स्तरोन्नति नहुँदा व्यापारीलाई झन कठिनाईको सामना गर्नुपर्छ ।
सिम्रौनगढ एउटा पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थल हो, यसको विकासका लागि जन जागरुकताका साथै जनप्रतिनिधि र व्यापार क्ष्Fेत्रले समेत सक्रियता देखाउनुपर्छ ।
विशिष्ट अतिथि, सिम्रौनगढ नगरपालिका प्रमुख किशोरीप्रसाद कलवारले कुनै पनि देश, ठाउँ र क्षेत्रको भविष्य त्यहाँको व्यापारमा निर्भर रहन्छ र सबै तहको नेतृत्व सकारात्मक छ भने मात्र विकास सम्भव हुन्छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयन्त कुशवाहाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उद्योग वाणिज्य सिम्रौनगढका संस्थापक अध्यक्ष रामबाबू कुशवाहा, सिम्रौनगढ–४ का वडा अध्यक्ष अवधेश सहनी, समाजसेवी रमेश पन्जाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सिम्रौनगढ नपाका उप मेयर नजबु शेहर, नेपाली काङ्ग्रेस सिम्रौनगढ नगर कमिटी सभापति नागेन्द्रप्रसाद कानू, एमालेका महेन्द्र जयसवाल, रामेश्वर यादव, माओवादीका श्यामकिशोर यादव, लोसपाका दिनेश कुशवाहा, सशस्त्र प्रहरी बल बिओपी गोलागंजका प्रनि परशुराम लामिछने, सशस्त्र प्रहरी बल पिपरपाति कि प्रनि गोला परियार स्थानीय भद्रभलाद्मी, व्यापारीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा चारजना सञ्चारकर्मी र पाँचजना व्यापारी र तीनजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । अरविन्दमहतो नुनियाले सञ्चालन गरेको कार्यक्रममा मुकेशकुमार जयसवालले स्वागत गरेका थिए ।
यसैबीच बारा उद्योग वाणिज्य सङ्घ शाखा सिम्रौनगढको छैठौं अधिवेशनको बन्द सत्रले लालबाबू कुशवाहालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।