राजेश केशरीवाल, रक्सौल, २ भदौ/

पूर्वविधायक राजन तिवारीलाई रक्सौल प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशका प्रहरीले हरैया प्रहरीको सहयोगमा पूर्वविधायक तिवारीलाई रक्सौलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार तिवारीविरुद्ध उत्तर प्रदेशमा थुप्रै मुद्दा दर्ज छन् । जसमध्ये एउटा मुद्दा गोरखपुर केन्टमा ग्याङस्टरसम्बन्धी मुद्दा दर्ता छ । त्यति बेलादेखि तिवारी फरार थिए ।

सन् २००५ मा उत्तर प्रदेश अदालतले गैरजमानती वारेन्ट जारी गरेको र तिवारीमाथि भारु २५ हजारको पुरस्कार पनि घोषणा गरिएको थियो । उत्तर प्रदेशको डिजिपी मुख्यालयले प्रदेशका ६१ जना माफियाको सूचीमा राजन तिवारीको नाम पनि सामेल गरेको छ । उनले १७ वर्षदेखि अदालतमा पेशी दिएका थिए ।

प्रहरीका अनुसार तिवारी आफ्नो सहयोगीहरूका साथ काठमाडौं जाने क्रममा रक्सौलमा पक्राउ परेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here