प्रस, वीरगंज, ३१ साउन/
नेपाली काङ्ग्रेस, पर्साले मङ्गलवार वीरगंजमा प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक पुनर्विचार गर्न पुनः संसद्मा पठाएको विरोधमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी नेका कार्यकर्ताहरूले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गरेका थिए । नगरपरिक्रमापछि घण्टाघरमा आयोजित कोणसभामा नेकाका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, स्थानीय नेता नरेन्द्र शाह, रामनारायण कुर्मी, महम्मद सहाबुद्दीन, ओमकृष्ण लामिछाने, नवीन सिंह, रामरूप कुर्मीलगायतले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकोमा आपत्ति जनाए ।
विरोध प्रदर्शनमा डा सुषमा तिवारी, रम्भा मिश्र, लोकनारायण यादवलगायतको सहभागिता
थियो ।
प्रस, जीतपुर/
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाराले पनि नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा बाराको परवानीपुर र प्रसौनी गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ ।
कार्यक्रममा लोसपाका नेता, कार्यकर्ताहरूले प्रदर्शन गर्दै नागरिकताविहीनहरूलाई नागरिकता दिनुपर्ने मन्तव्य राखेका थिए ।