‘प्रतीक’ आजदेखि ३६औं वर्षमा प्रवेश गरेको छ । ३५ वर्षको भरपूर उमेर बाँचेर पर्याप्त अनुभव र जोशका साथ अविरल यात्रातर्फ उन्मुख छ । के कुनै संस्थाको अवसान हुन्छ, व्यक्तिको त हुन्छ । संस्था मर्दैन, किनभने यसले निरन्तर पुस्तापुस्ताबाट प्राण पाइरहेको हुन्छ । तर नेपालमा भने कुनै संस्थाको आयु ३५ पूरा हुनु आश्चर्यको विषय मानिन्छ । त्यो आश्चर्यमा प्रतीक नदरियोस् भन्ने प्रबल मनोकाङ्क्ष्Fाका साथ यसमा संलग्न समूह लागिपरेको छ । त्यसैले कुनै संस्था मर्दैन भनिन्छ । एकपछि अर्को व्यक्ति, समूहले यसलाई डो¥याइरहन्छ । फरक यदि पर्छ भने जिम्मेवार व्यक्ति र समूहबाट । संस्था चलाउने उत्तराधिकारी थाक्यो, मनसा शिथिल भयो भने संस्थाको अस्तित्वमा सङ्कट आइपर्छ ।  बाहिर मुलुकमा एउटा संस्था सयौं वर्ष बाँच्छ, त्यसपछि पनि बाँचिरहेको छ । त्यसैले संस्था व्यक्तिले होइन, समूहले चलाउनुपर्छ, जसले गर्दा अविछिन्न उत्तराधिकारीको निरन्तर आपूर्ति भइरहोस् । यत्ति मात्र कारणले नेपालमा प्रायः संस्थाहरू मर्ने गर्छन् । त्यो अवस्था हिजो नेपालमा व्यक्तिको पनि थियो ।

आजभन्दा ५० वर्षपहिले नेपालीको सरदर आयु ३२ वर्ष थियो, आज बढेर ७० नाघेको छ । त्यसै सूत्रको आधारमा पनि संस्थाको आयु कम्तिमा ७० वा व्यक्तिको आयुसँगै बढिरहनुपर्छ । यो सोच्ने बाध्यता किन आइपुग्यो भने हाम्रो अभ्यास त्यस्तै रहेको छ । व्यक्तिसँगै संस्था मर्ने वा शिथिल हुने प्रायः देखिने गर्छ । अझ व्यक्तिकै जीवनकालमा संस्था रसातलमा पुगेको देखिन्छ । हामीले विदेशी अखबार, सामाजिक संस्थाहरू देखेका छौं, कतिपयका हामी आफैं पनि पाठक/सदस्य छौं । अझ सामाजिक संस्थाहरू त सयौं वर्षदेखि चलेका मात्र छैनन्, संसारभरि फिंजिएका पनि छन् । ती शिथिल हुन्छन् वा मर्छन् भन्ने कल्पना पनि गर्न सकिन्न । हामीकहाँ भने केही वर्ष मात्र भएपछि आश्चर्य व्यक्त थालिन्छ, अझ बाँचेकै छ ? यसको मूलमा आइपर्ने समस्या, जीवन्तताका लागि चाहिने सङ्घर्ष, अटुट समर्पण भावको कमी हुनु हो । हामी छिटै आत्तिन्छौं, तत्काल लाभ खोज्छौं, हामी व्यक्तिलाई महŒव दिन्छौं, संस्थालाई होइन । सार्वजनिक हित हाम्रो सरोकारको विषय नै बन्दैन । सर्वजन हितायबाट हाम्रो व्यक्तित्व तुष्ट हुँदैन, यो हाम्रो आफ्नै आदर्श र संस्कृतिविपरीत हो । अनि आदर्श र संस्कृतिविपरीत जाँदा के पो राम्रो होला र १

प्रतीकबारे पनि यही सोच कायम हुन्छ । कुनै कुरा राम्रो छ भनेर मात्र हुँदैन, अझ राम्रोका लागि प्रयत्नशील नभएर तुष्टिभावलाई प्रश्रय दिने हो भने जीर्णताले कब्जा जमाउन थाल्छ । जीर्णता महŒवपूर्ण भए पनि त्याज्य नै हुन्छ । कुनै जमानामा अति राम्रो राजमहल, यदि जीर्ण हुँदै गएको छ भने लोभलाग्दो हुन्छ, महŒवपूर्ण पनि हुन्छ, तर उपभोगका लागि जीर्णता कदापि स्वीकार्य हुन सक्दैन । हामी त धर्मले नै सनातनी हौं । सनातन अर्थात् जे सदाकाल जीवित रहन्छ । र सदाकाल जीवन्त रहनका लागि एउटा मात्र शर्त हो निरन्तर परिवर्तन । समय, काल, परिस्थिति अनुकूल परिवर्तन आउन सकेन भने जे पनि जीर्ण हुँदै जान्छ, परिवज्र्य हुन्छ । परिवर्जनबाट मुक्त हुनु छ भने सतत् मनसा–वाचा–कर्मणा परिवर्तनको कामना र तत्परता आवश्यक हुन्छ । प्रतीकलाई यस कसीमा घोट्ने काम सुधी पाठकहरूको हो । ३६ सौं वर्ष प्रवेशको उपलक्ष्यमा जोविना यो ‘प्रतीक‘ यस अवस्थामा पुग्न सक्दैनथ्यो–ती पाठक, समाचारदाता, सम्पादक मण्डल, विज्ञापनदाता, स्तम्भकार, हकर, शुभचिन्तक सबैमा कृतज्ञतापूर्ण नमन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here