प्रस, वीरगंज, ३० साउन/

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयले भारतको ७६औं स्वतन्त्रता दिवस कार्यक्रमको आयोजना गरी मनाएको छ ।

महावाणिज्य दूतावासमा सोमवार महावाणिज्यदूत नितेश कुमारले झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले सो अवसरमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले देशवासीको नाममा जारी गरेको सन्देश पढेर सुनाएका थिए । सो अवसरमा वीरगंजका विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

यसैगरी, काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा भारतवासीको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए । कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका पत्नी र निकटम नातेदारहरूलाई नेपाली रु दुई करोड ६५ लाख प्रदान गरी सम्मान गरेको थियो ।

यसैगरी, दूतावासले आजादीको अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजयीहरूलाई पुरस्कृत गरेको थियो । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका शिक्ष्Fक, विद्यार्थीहरूले देशभक्तिका गीतहरू प्रस्तुत गरेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

प्रस, रक्सौल/

सीमावर्ती शहर रक्सौलमा पनि भारतको स्वतन्त्रता दिवसको अवसरमा झन्डोत्तोलन गरिएको छ । रक्सौलकी एसडिओ आरती कुमारीले झन्डोत्तोलन गरेकी थिइन् ।

यसैगरी, प्रखण्ड कार्यालय प्रमुख श्याम पटेल, थानाध्यक्ष्F इन्स्पेक्टर नीरज पासवान, नगरपरिषद् कार्यपालक पदाधिकारी मनीष कुमार, अनुमण्डलीय अस्पताल उपाधिक्षक राजीव कुमार, हरैया थाना अध्यक्ष विवेककुमार जयसवाललगायतले आआफ्नो क्ष्Fेत्रमा ध्वजारोहण गरेका थिए ।

यसैबीच सोमवार आजादीको अमृत महोत्सवमा रक्सौल, मेनरोडबाट मोटरसाइकल ¥याली निकालिएको थियो । आपसी एकताको परिचय दिंदै नारा, जुलुससहित मोटरसाइकल ¥याली रक्सौलको विभिन्न भागमा परिक्रमा गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here