प्रस, सिम्रौनगढ, २९ साउन/

सिम्रौनगढ नगरपालिका–९ स्थित कृषि विकास तथा संरक्षक समाज कचोर्वाको सभाकक्षमा शनिवार बीउ उत्पादक, संरक्षक कृषकहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम सम्पन्न भएको
छ ।

कार्यक्रमको उद्घाटन गर्दै सिम्रौनगढ  नगरपालिकाका प्रमुख किशोरीप्रसाद  कलवारले अवश्यकता आविष्कारको जननी हो भनी बताए । उनले जबसम्म बच्चा रुँदैन आमाले दूध ख्वाउँदिन, ठीक त्यस्तै कृषक समाजले चाहिएको कुरा नगरपालिकालाई बताए त्यसको पूर्ति गर्ने बताए । 

उनले जनता मावि कचोर्वाको सन्दर्भमा खराब तŒवबाट अनाहक आरोप लगाउने कार्य भएको बताए । बेठीक काम गर्नेहरूले विद्यालयको वातावरण बिगारेको उनको आरोप छ । नगरपालिकाभरिका विद्यालयहरूमा सबैभन्दा धनी विद्यालयलाई सपार्नेतर्फ सबैको ध्यान केन्द्रित हुनपर्ने उनले बताए ।

कृषि विकास तथा संरक्षक समाजका अध्यक्ष रामबाबूप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा लोपोन्मुख धानको बीउ संरक्षण र बीउ उत्पादन सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा वडाध्यक्षहरू  रामदिनेशप्रसाद यादव, रामएकबालप्रसाद यादव, महानारायण यादव, शिक्षक शम्भुप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी किसानहरू धरिछन् मुखिया बिन, रामप्रसाद यादव, यमुनाप्रसाद यादव, मदनप्रसाद यादव, कृष्णादेवी, इन्दुदेवी,  महानारायणप्रसाद यादवसमेत ५० जना किसानलाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा ऋषभदेव ठाकुरले स्वागत र राजकुमार यादवले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here