प्रस, निजगढ, २८ साउन/

निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की पुनः बहालीको विषयलाई लिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंमा नगर प्रमुख सुरथ पुरी केही दिनदेखि पुगे पनि अहिलेसम्म सकारात्मक नतीजा हात लाग्न नसकेको बुझिएको छ ।

निजगढ नगरपालिकाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंले साउन ११ गते सचिवस्तरको निर्णय उल्टाउँदै १५ गते मन्त्रालयले पुनः कार्कीलाई प्रमुख प्रशासक बनाई बहाल गरेसँगै नगर प्रमुख पुरीले सरुवा अस्वाभाविक भन्दै अधिकृत कार्कीको कार्यकक्षमा तालाबन्दी गरिदिएका थिए । त्यहाँ रहेको इलेट्रोनिक्स बायोमेट्रिक दैनिक हाजिरी यन्त्रसमेत नगर प्रमुख पुरीको निर्देशनमा निकाली कार्कीलाई कार्यालयमा प्रवेश रोक लगाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकक्षमा १३ दिनदेखि तालाबन्दी छ ।

मन्त्रालयले बहाल गरी पठाएका कार्कीलाई भयरहित दैनिक कामकाज गर्न दिनुपर्ने भन्दै नगर प्रमुखलाई ध्यानाकर्षण पत्र दिएको एक साता बित्दा पनि  छलफल, समन्वय नगरेको भन्दै नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र गठबन्धनबाट निर्वाचित बहुमत जनप्रतिनिधिहरूले नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिड्ढो कार्यकक्षमा साउन २३ गतेदेखि अनिश्चितकालीन जवाफी तालाबन्दी गरेका छन् ।

निरन्तर तालाबन्दीका कारण नगर सभा सम्पन्न हुन सकेको छैन । जसका कारण नगरपालिका नगर कार्य समितिको बैठक बस्न सकेको छैन भने वार्षिक कार्ययोजना र बजेट पासजस्ता अन्य महŒवपूर्ण कार्यसमेत प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here