प्रस, वीरगंज, २७ साउन/

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २३औं स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तसञ्चार केन्द्र वीरगंजमा आयोजित कार्यक्रममा एकजना महिलासहित ११ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।

सञ्जु आले, अजितकुमार भुजेल, मुनेश लायोमगर, राम मण्डल, दिपेन्द्र चौधरी, सञ्जय दास थारू, शम्भु दास थारू, सुजितकुमार भुजेल, कुमार कार्की, स्वागतम चौधरी, मनीषराय चौधरीलगायतले रक्तदान गरेका थिए ।

फोनिज पर्साका अध्यक्ष अजितकुमार भुजेलको अध्यक्षता तथा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फोनिजका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर,  जगत राई, प्राडा दीपक शाक्य, वप्रका बिर्ताका प्रनि विशाल मल्ल, सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराई, सामाजिक कार्यकर्ता प्रकाश थारूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here