प्रस, वीरगंज, २१ साउन/

वीरगंजका ३० वर्षे युवक शेख मुन्नाले आजदेखि वीरगंज–दिल्ली पैदल यात्रा शुरू गरेका छन् । उनलाई वीरगंजका उपप्रमुख इम्तियाज आलमले शनिवार बिहान साढे ७ बजे बिदाइ गरे ।

वीरगंज–२ छपकैया घर भएका मुन्ना तेक्वान्दो खेलका स्थानीय प्रशिक्षकसमेत हुन् । उनी नेपाल र भारत दुवै देशका झन्डा बोकेर दिल्ली प्रस्थान गरेका हुन् । वीरगंजबाट दिल्लीको दूरी एक हजार ६० किलोमिटर छ । उनले १८ देखि २४ दिनभित्रमा दिल्लीस्थित संसद् भवन पुग्ने लक्ष्य लिएका छन् । उनले बिहान ६ देखि राति ८ बजेसम्म आफू हिंड्ने बताए । उनलाई भारत सरकारले सुरक्षाको प्रत्याभूति दिएको र पैदल यात्राको लागि भारतीय दूतावासबाट अनुमतिसमेत लिएका छन् । उनको यात्रामा एक लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here