• बैधनाथ श्रमजीवी

यतिबेला चाहे कम्युनिस्ट नामधारी पार्टी होस् अथवा गैरकम्युनिस्ट नामधारी पार्टी, यिनीहरू सबैको राजनीतिक उद्देश्यमा समााजवाद भन्ने शब्दावली अवश्य नै हुने गर्छ । यसको कारण के हो ? एकातर्फ नेपालको राजनीतिमा दुईतिहाईको तथाकथित कम्युनिस्ट सरकार पदीय भागबन्डा नमिलेको आन्तरिक कारणले ध्वस्त भएको छ भने अर्कोतर्फ तेस्रो नम्बरमा रहेको नेपाली काङ्ग्रेसजस्तो घोर दक्षिणपन्थी पार्टीको नेतृत्वमा तिनै तथाकथित कम्युनिस्ट भनाउँदाहरूको गठजोडले एक थान सरकार बनेको छ । नेपालकै इतिहासमा र विश्वकै इतिहासमा यति नालायक सरकार कहिल्यै बनेको थिएन भन्ने टिप्पणीहरू मोदीसँग प्रधानमन्त्री बसेको दृश्य हेरेर धेरैले गरेका थिए । यस क्रममा नेकपा टुक्रा भएर माधव नेपालको नेतृत्वमा नेकपा बन्यो जसले आफ्नो पुच्छरमा समाजवाद राख्यो । चाहे नेपाली काङ्ग्रेस होस् वा दक्षिणपन्थी संसद्वादमा लागेका नेकपा एमाले, माओवादी, एकीकृत आदि इत्यादि, सबैले आफ्नो मुख्य एजेन्डामा समाजवाद राख्ने गरेको कुरो सबैले बुझेकै विषय हो । त्यसैगरी संसद् बाहिर भएका कम्युनिस्ट नामधारी पार्टीहरूसमेत आफूलाई समाजवादको लागि लडिरहने बताइ नै रहन्छन् । मोहनविक्रम सिंहदेखि विप्लव र विप्लवबाट फुटेका तथा मोहन वैद्यसम्मका सबैले समाजवाद मात्र होइन, वैज्ञानिक समाजवादसमेत भन्ने गरेका छन् । यस प्रसङ्गमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नाम गरेको पार्टीसमेत गठन भइसकेको अवस्थामा समाजवादलाई मुख्य ध्येय (लक्ष्य) किन बनाउँछन् त नेपालका राजनीतिक पार्टीहरूस आउनुस्, यस विषयमा थोरै चर्चा गरौं ।

नेपाल पूँजीवादी तथा अर्ध औपनिवेशिक देश हो । नेपालमा बहुसङ्ख्यक सर्वहारा श्रमिक वर्ग र मध्यम वर्ग रहेको छ । बहुसङ्ख्यक मानिस गरीबी, भोक तथा बेरोजगारीको चपेटामा छन् । यस्तोमा समाजवाद भनेपछि प्रत्येक नागरिकले योग्यता अनुसार काम तथा काम अनुसार दाम पाउने व्यवस्था भएको शासन प्रणाली बुझ्ने हुनाले सबै संसद्वादी राजनीतिक पार्टीहरूले मतदातालाई आफूतिर आकर्षित पार्न समाजवादको नारा चर्को रूपमा उठाउने गरेको देखिन्छ । वास्तवमा संसारभरि विद्यमान दलाल, पूँजीवादी व्यवस्थाले कुनै पनि समस्या समाधान गर्न सकेको देखिएन । बरु एकपछि अर्को सङ्कट थप्दै गएको मात्रै देखिन्छ । आजको युगमा आएको पर्यावरणीय सङ्कट पनि दलाल पूँजीवादद्वारा गरिएको प्रकृतिको अति दोहन तथा अप्राकृतिक उपभोगकै समस्या हो भन्ने कुरामा अब कुनै शङ्का छैन । पर्यावरणीय क्षतिबाट संसारलाई जोगाउनुपर्ने अवस्थामा झन् एकपछि अर्को युद्ध थोपरेर पर्यावरणमाथि विकराल सङ्कट निम्त्याएको स्पष्ट देखिन्छ ।

मानव समाजको विकासक्रम ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेरिनु जरूरी छ । यस दर्शनले स्पष्ट बताउँछ कि जसरी आदिम साम्यवादी युग (जङ्गली अवस्था)कै गर्भमा दास युगले जन्म लिएको थियो, दास युगकै गर्भमा सामन्ती युगले जन्म लिएको थियो । सामन्ती युगको गर्भमा पूँजीवादी युगले जन्म लिएको थियोस ठीक त्यसैगरी पूँजीवादी युगकै गर्भभित्र समाजवादी युगले पनि जन्म लिइसकेको छ । तर यो कुरा अरूले थाहा नपाऊन् साथै पूँजीवादी सत्ता अनन्तकालसम्म टिकाइराख्ने उद्देश्यले यतिबेला तथाकथित कम्युनिस्ट नामधारी पार्टीहरू तथा गैरकम्युनिस्ट पार्टीहरू सबैले समाजवादको झन्डा, नीति, नियमलाई केवल देखावाको लागि प्रयोग गरेका छन् । वास्तवमा यिनीहरू सबै बुर्जुवा पार्टीमा रूपान्तरण भइसकेका छन् ।

यसरी कम्युनिस्टको भ्रम सिर्जना गरेर संसद्वादी पार्टीहरूसमेत बाँचिरहेका छन् । मानौं उनीहरू नै एक नम्बरका कम्युनिस्ट हुन् ।

मानव समाजको विकास र गतिलाई हेर्ने दुई विश्व दृष्टिकोण छ । एउटा माक्र्सवादी अर्थात् द्वन्द्वात्मक भौतिकवादी र अर्को आदर्शवादी । आदर्शवादीले मानव समाजलाई राजा–महाराजा, सम्राटहरू, वीर योद्धाहरू, महाशक्तिशाली पुरुष तथा स्त्री, विद्वान् वा ईश्वरको कृपा वा इच्छाले मात्र बदल्छ वा चलाउँछ भन्छ तर द्वन्द्वात्मक भौतिकवादीहरूले यसको ठीक उल्टो मानव समाजमा विकासको ढोका खोल्दछ अर्थात् बदल्छ भन्ने मान्दछ । मानव समाजमा आर्थिक, राजनीतिक र सामाजिक सम्बन्धहरू र चेतनाका विभिन्न रूपहरू समग्रमा भन्दा उत्पादन सम्बन्ध निर्माण एवं विनाश गर्न मुख्य उत्प्रेरकको भूमिका उत्पादन शक्तिले नै खेल्दछ । एउटा युगको उत्पादक शक्तिको रूपमा धेरै चीज रहन सक्छ तर तीमध्ये मुख्य उत्पादक शक्तिले नै त्यो मानव युगलाई टिकाउन, भत्काउन र नयाँ युगमा पु¥याउन मुख्य भूमिका खेल्दछ भन्ने विषयलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले विशेष जोड दिन्छ ।

ऐतिहासिक भौतिकवादी धारणा अनुसार यतिबेला नेपाली समाज दलाल पूँजीवादी व्यवस्थाको चौथो चरणमा हिंडिरहेको छ । दलाल पूँजीवादी व्यवस्थाभित्र भएको विज्ञान र प्रविधिको विकासले गर्दा उत्पादनमा प्रचुरता ल्याउन सफलता हासिल भइसकेको छ । अबको समाज कसैले चाहेर वा नचाहेर दलाल पूँजीवादबाट जाने समाजवाद नै हो । त्यसैले सबै राजनीतिक पार्टीहरू मतदातामा एक प्रकारको आकर्षण पैदा गर्न तथा भ्रम छर्न समाजवादको नारा दिने गरेको देखिन्छ ।

यतिबेला करीब १५ प्रतिशत इजरायलको जनसङ्ख्याले विज्ञान प्रविधिको प्रयोग गरेर शत प्रतिशत इजरायलीलाई कृषिजन्य अन्न, माछामासु, तरकारीलगायत उपभोग्य वस्तु पर्याप्त बनाएर विदेशमा समेत निर्यात गरिरहेको छ । यस प्रकार संसारका सबै देशले आआफ्नो ठाउँमा प्रत्येक क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग गर्ने हो भने संसारबाट गरीबी, बेरोजगारी, अभाव तथा मुठ्ठीभरि मानिसद्वारा लाखौं–करोडौं मानिसमाथि लादिएको विभिन्न प्रकारका शोषण, दमन, उत्पीडन, विभेदलगायत सम्पूर्ण विकृति समाप्त गरेर सजिलै खुशीको वातावरणमा सबैको सहज पहुँचभित्र शिक्ष्Fा, स्वास्थ्य, गाँस, वास, कपास, सडकलाई पु¥याउन सकिन्छ । मानव समाजलाई विभेदरहित, शोषणरहित तथा अभावरहित बनाउन सकिन्छ । तर यो सबै कार्यको मुख्य तगारोको रूपमा यतिबेला हाम्रो अगाडि दलाल पूँजीवाद उभिएको छ ।

दलाल पूँजीवादी व्यवस्थाको जालोभित्र संसारका सबै मानिस सास फेर्न समेत नपाएर छटपटाइरहेका छन् । यतिबेला राजनीति नै सबैभन्दा ठूलो धन कमाउने धन्दाको रूपमा विकसित हुन पुगेको छ । शिक्ष्Fा र स्वास्थ्य संसारमा सेवा होइन, केवल राम्रो धन्दाको रूपमा स्थापित हुँदै गएको छ । फलस्वरूप सर्वसाधारण नागरिकको पहुँचभन्दा निकै टाढा शिक्ष्Fा र स्वास्थ्य पुगेको वर्तमान अवस्थामा संसद्वादमा फसेका, दलाल पूँजीवादी व्यवस्थाका दलालहरू जो तथाकथित कम्युनिस्ट पार्टीको नाममा आफ्नो पुरानो इतिहास भजाएर खाने काम गर्दैछन्, उनीहरूले नै यतिबेला सबैभन्दा बढी समाजवाद वा वैज्ञानिक समाजवादको चर्को नारा भट्याउने गरेको देखिन्छ । वास्तवमा यिनीहरूको अब समाजवाद वा वैज्ञानिक समाजवादसँग टाढाको साइनो पनि रहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here