प्रस, वीरगंज, १५ साउन/

जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले आर्थिक समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्नुपर्नेमा जोड दिएका छन् ।

क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साले जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरूसँग आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजभित्रका बेथिती र बिकृतिविरूद्ध कलम चलाउन आग्रह गरे । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले समाजको विकास गर्ने बाटोमा सञ्चारकर्मी अघि बढ्नुपर्ने बताए ।

नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष एवम वीरगंज महानगरपालिकाका सदभावनादुत अशोक बैद्यले निजी क्षेत्रको विद्यमान समस्या सबैको साझा समस्या भएको भन्दै आगामी दिनमा सहकार्य र समन्वयको माध्यमबाट अगाडी बढनु पर्ने धारणा राखे । उनले वीरगंज आर्थिक, औधोगिक ब्यापारि नगर हुँदा हँुदै यसले पर्यटकसँग सम्बन्धी सम्भावना र अवसर समेत बोकेको बताए ।

कार्यक्रममा डा. दीपक शाक्य, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, जीतपुर सिमरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज कुमार गुप्ता लगायतले मन्तब्य राखेका थिए ।

मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा धन्यबाद उपाध्यक्ष आनन्द पटेलले गरेका थिए । कार्यक्रममा मञ्चका महासचिव वीरेन्द्र साह, सचिव अरबिन्द पटेल, कोषाध्यक्ष उपेन्द्र बरै लगायतको उपस्थिति थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here