प्रस, वीरगंज, १४ साउन/

नेपाल चिकित्सक सङ्घ नारायणी शाखा वीरगंजको कार्यकारिणी पदको चुनाव शनिवार सम्पन्न भएको छ ।

चुनावको नतीजा अबेर राति आउने डा उदयनारायण सिंहले जानकारी दिए ।

५३२ जना मतदाता रहेको चिकित्सक सङ्घको मतदानमा जम्मा २८५ जना मतदाता सहभागी थिए ।

१० वटा पदका लागि सम्पन्न निर्वाचनमा कोषाध्यक्ष डा शाश्वत प्रसाद, उपाध्यक्ष डा आनन्द चौरसिया निर्विरोध निर्वाचित भएका छन् भने अध्यक्ष, सचिव र सदस्य छजनाको लागि निर्वाचन प्रक्रिया शुरू भएको हो ।

चिकित्सकहरूका दुईवटा समूहमध्ये एक समूहबाट अध्यक्ष डा मनोज गुप्ता, सचिव डा नवसाद हक र सदस्यहरूमा डा रामाशङ्करप्रसाद गुप्ता, डा नवीनप्रसाद यादव चुनाव लड्दै छन् भने अर्को समूहबाट अध्यक्षमा डा सुमन प्रसाद, सचिवमा डा महेश्वर प्रसाद र सदस्यहरूमा डा पप्पुकुमार जैसवाल, डा उमेशकुमार सर्राफ, डा समिता सिंह, डा आकाश आर्य, डा विवेककुमार यादव, डा अजयकुमार यादवलगायत प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here