नयाँ दिल्ली, १३ साउन/सिन्ह्वा

बितेका २४ घण्टामा भारतका विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रवार जनाएको छ ।

यस समयमा २० हजार ४०९ थप  व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार ७३० पुगेको छ । देशभर एक लाख ४३ हजार ९८८ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनको अवधिमा १९ हजार २१६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार ७८७ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एक दिनमा ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार २५८ जनाको मृत्यु भएको छ ।

महामारी शुरू भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरूद्ध खोप अभियान जारी छ । अभियान अन्तर्गत हालसम्म दुर्ई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here