- डा शिवशङ्कर यादव
ब्रेनमा सय बिलियन नर्भ र पूरै शरीरमा सात ट्रिलियन नर्भ छन् । यी सबैलाई देख्दा एक वृहत् विद्युतीय वायरिङ जस्तो देखिन्छ । ब्रेनका दुर्ई हिस्सा छन्– ग्रेमैटर र ह्वाइटमैटर । ग्रेमैटरमा खाली न्युक्लियाई हुन्छ, जसरी कुनै मोबाइल वा ट्रान्जिस्टरमा प्वाइन्ट बनेका हुन्छन् । यसैमा सारा डाटा सङ्ग्रहित रहन्छन् । ह्वाइटमैटरमा संवेदना वहन गर्ने तार हुन्छन्, जसरी कुनै ट्रान्जिस्टरमा पनि देखिन्छ । नर्भ एक मिमीदेखि तीन फुटसम्म लामो हुन्छ । सबैभन्दा ठूलो नर्भ सिएटिक नर्भ हो, जुन कुमको पछाडिबाट शुरू भएर गोडासम्म जान्छ । यो झन्डै औंला जति मोटो हुन्छ । साइटिका यसै नर्भको खराबीले हुन्छ । सबैभन्दा सानो नर्भलाई ट्रोक्लियर नर्भ भनिन्छ, जु कानमा हुन्छ । अक्सर कसैले हामीलाई यो भन्छ कि दिमागले भनेको कुरा होइन, आफ्नो मन (ह्दय)को आवाज सुन र मान । हामीले यसलाई हाँसोमा उडाइदिन्छौं कि हृदय त केवल रगत पम्प गर्ने एउटा उपकरण मात्र हो । तर त्यसो होइन । हृदयले भनेको कुरा मनको अभिव्यक्ति सही हो । हृदयमा ४० हजार छुट्टै नर्भ हुन्छन्, जो ब्रेनको नर्भ सेलभन्दा बिल्कुल भिन्न हुन्छन् । त्यसैले हृदयलाई कार्डियक ब्रेन पनि भनिन्छ । दिमागबाट भिन्न हुनाले यसले भिन्न सोच्छ पनि । हृदय दिमागभन्दा ६० गुना बढी शक्तिशाली र शरीरको सबैभन्दा शक्तिशाली अङ्ग हो ।
सर्वप्रथम सन् १९०२ मा जेएच हेनरिकसेनले मानिसमा सिक्रिटिन नामक हार्मोनको पत्ता लगाए । यो लोकल हार्मोन हो र आन्द्राबाट निस्केर आन्द्रामा नै काम गर्छ । फेरि त संसारमा हार्मोन खोज्ने होडबाजी नै चल्यो । त्यसपछि पत्ता लाग्यो कि शरीर हार्मोन नै हार्मोनको खजाना हो । लगभग सबै टिस्सू र यहाँसम्म कि रगतसमेतले हार्मोन निकाल्छन् । यसको नाम लोकल किन प¥यो भने यो जहाँबाट निस्किन्छ, त्यहीं र वरिपरि नै क्रियाशील रहन्छ । यसको विपरीत इन्डोक्राइन हार्मोन रगतमा प्रवाहित भई कुनै दूरस्थ अङ्गमा गएर काम गर्छ ।
नर्भमा यो हार्मोन हुन्छ कि हुँदैन भन्ने पनि पत्ता लगाउनु थियो । यसको बडो रोचक प्रसङ्ग छ । प्रसिद्ध काला अमेरिकी कवि हैंगस्टन हघीजले सपनामा देखेको कविता लेखेर प्रसिद्ध भए । त्यस्तै कहानी यहाँ पनि छ । जर्मनीको प्रैmङ्कफर्टमा एक चिकित्सक टिबीको उपचार गर्न नसकेर निराश हुन्छन् । निराश हुनुपर्ने कुनै कारण थिएन किनकि त्यस बेलासम्म टिबीको औषधि नै थिएन । त्यसपछि उनी क्लिनिकल प्राक्टिस छाडेर ननक्लिनिकल विषयमा नै काम गर्न थाले । एक राम्रो मदिरा व्यापारी यहुदी घरानामा जन्मेका ती वैज्ञानिक अस्ट्रिया गए । उनले इस्टर सन्डेको रातमा एउटा सपना देखे कि उनी दुर्ईटा भ्यागुतामा एउटा प्रयोग गरिरहेका छन् र प्रयोग सफल भएको छ । निद्रा खुलेपछि उनलाई धेरै बिस्मय भयो । कुरा आयो गयो तर पनि सपनाको कुरा उनले बिर्सन सकेनन् । एक दिन उनले तय गरे कि त्यो प्रयोग प्रत्यक्ष गर्नमा के अप्ठ्यारो ?
सपना सरह नै उनले दुर्ईटा भ्यागुता लिए– ए र बी । ए लाई केही गरेनन् र जस्ताको त्यस्तै सामान्य स्लाइनको जारमा राखे । बी लाई डिनर्भेट गरेर अर्को जारमा राखे । दुवै जारलाई एक नलीद्वारा जोडिदिए । भेगस नामक एउटा नर्भ हुन्छ, जसलाई काटिदिएपछि डिनर्भेट गरिने भनिन्छ । यसो गर्दा ह्दयको बेसल रेट यथावत् रहन्छ । भेगस नर्भलाई उत्तेजित पार्दा हर्ट रेट स्लो हुन्छ । बी भ्यागुतालाई डिनर्भेट गरिएको थियो, त्यसैले कुनै असर नपर्ने निश्चित भयो । तर यो कुरा देखिएन । जब ए भ्यागुताको नर्भलाई उत्तेजित पारियो त्यसको हर्ट रेट त स्लो भयो नै नहुनुपर्ने बी भ्यागुताको हर्ट रेट पनि स्लो भयो । यसको मतलब यो भयो कि ए को भेगसबाट केही केमिकल अवश्य निस्कियो जुन पहिलो स्लाइनको जारबाट दोस्रोमा गयो र सीधैं काम गरेर बीको हर्ट रेटलाई पनि स्लो ग¥यो । त्यस वैज्ञानिकले त्यस केमिकलको नाम भेगस्टाफ राखे । खुशी भएर उनी लन्डन गए र त्यहाँका फिजियोलोजिस्ट साथी डेललाई यो कुरा भने । डेलले पनि यही प्रयोग गरिरहेका थिए । त्यसपछि अझ तल्लीन भएर गर्न थाले । र वास्तवमा त्यो निस्किने केमिकल एसिटाइलकोनिन भएको पत्ता लाग्यो । यसरी नर्भसंवाहक भएको केमिकल पत्ता लाग्यो र संसारमा तहलका मचियो । दुवै वैज्ञानिकलाई सन् १९३६ को नोबेल प्राइज एकैसाथ दिइयो । सपना देखेर प्रयोग गर्ने वैज्ञानिकको नाम ओट्टो लेबी थियो । यसरी लेबी र डेल स्नायु विज्ञानमा आफ्नो जबरजस्त हस्ताक्षर गरे । संवहन गर्ने त्यस पदार्थलाई न्युरोट्रान्समिटर भनियो । त्यसपछि अस्ट्रियामा हिटलरको आक्रमण भयो । यहुदी लेबीलाई उनका दुर्ई छोराहरूको साथ गेस्टापोद्वारा बन्दुकको नालमा अपहरण गरियो । संसारभरिका वैज्ञानिकबीच तहलका नमचिने कुरै थिएन । सबैले उनलाई छाड्न अपील गरे । अन्त्यमा नोबेल पुरस्कारबापत लिएको सबै रकम तिरेपछि लेबी छुट्छन् । त्यसपछि अमेरिका गएर सम्मानित नागरिक बन्छन् । लन्डनको रोयल सोसाइटीको सम्मानित सदस्य पनि बन्छन् । एक दिन बाथरूममा खसेपछि पेल्भिस प्रैmक्चर हुन्छ । उनी त्यसपछि सङ्गीतको दुनियाँमा पनि महान् बन्छन् । क्रिसमसको दिन उनको मृत्यु हुन्छ । केवल हाम्रोमा मात्र होइन क्रिश्चियनहरूले पनि शुभ दिनमा भएको मृत्युलाई पवित्र मान्छन् ।
यसरी न्युरोट्रान्समिटरको आविष्कार भयो, जो वास्तवमा एक लोकल हार्मोन हो, जसलाई नेपालीमा स्नायुसंवाहक भनिन्छ । अर्थात् न्युरोट्रान्समिटर ती तŒव हुन्, जसले संवेदनालाई एक न्युरोनबाट अर्को न्युरोनसम्म पठाउँदै जान्छ र अन्त्यमा कुनै अङ्गको काम बढाइदिन्छ वा रोकिदिन्छ ।
अब स्नायुको बारेमा केही सम्झौं । स्नायु एक हिमालय पर्वत हो, जसको तलहट्टीसम्म मात्र मान्छे पुग्न सकेको छ । यत्तिकैमा स्नायुका जति अद्भुत कारनामा प्रकाशमा आएका छन् भने सम्पूर्ण जानकारीपछि के होला ? भनिन्छ कि आजसम्म कसैले पनि आफ्नो सम्पूर्ण ब्रेनको उपयोग गर्न सकेको छैन । त्यसैले धेरै छोटकरीमा केही कुरा बुझौं । स्नायु ब्रेन हो, स्नायु स्पाइनलकर्ड हो । यसलाई केन्द्रीय स्नायु भनिन्छ । स्पाइनलकर्डबाट नै निस्केर स्नायु शरीरका सबै अङ्गमा विस्तार हुन्छ, जसलाई पेरिफेरल नर्भ भनिन्छ । यी स्नायुमा एउटाले संवेदना ब्रेनसम्म पु¥याउँछ र अर्कोले ब्रेनको हुकुमलाई अङ्ग–अङ्गमा पु¥याउँछ । यी नै दुर्ई संवेदनाले नर्भस सिस्टमको काम सम्पन्न हुन्छ । मांसपेशी र अरू अङ्गमा जुन नर्भ जान्छ, त्यसलाई सोमेटिक नर्भ भनिन्छ । सोमेटिक नर्भले हामीले इच्छाएको काम गर्छ । जसरी हामी हिंड्न चाहन्छौं, मांसपेशीको स्नायु चल्छ, मांसपेशी चल्छ । यसलाई मोटर न्युरोन पनि भनिन्छ । केही नर्भहरूले गर्दा छालामा स्पर्श महसूस हुन्छन् । त्यसलाई सेन्सरी नर्भ भनिन्छ । तर केही कुरा हाम्रो इच्छा र अनिच्छामा भर पर्दैन । हाम्रो नियन्त्रणबाहिर अनवरत चलिरहेको हुन्छ, जसरी मुटु र फोक्सोको चाल तथा अमाशयमा हुने पाचनक्रिया । यसरी काम सञ्चालन गर्ने स्नायुलाई अटोनोमिक नर्भ भनिन्छ । हार्मोन निस्किने आधारमा पनि नर्भ दुई प्रकारका हुन्छन् । एसिटाइलकोलिन निकाल्नेलाई कोलिनर्जिक र एड्रिनलिन निकाल्नेलाई एड्रिनर्जिक नर्भ भनिन्छ । कुहिनाको स्नायुलाई हामीले छाम्न सक्छौं । यताउति हातले चलाएपछि बिजुलीको झटका जस्तो महसूस हुन्छ ।
अरू कोषिका र स्नायुकोषिकामा केही फर्क छन् । मांसपेशीका कोषिका बेलन जस्तो र अरू अङ्गका कोषिका गोलाकार हुन्छन् । तर नर्भसेल फूल जस्तो हुन्छ, जसमा एउटा डाँठ हुन्छ, जसलाई एक्सन भनिन्छ । एक्सनको मतलब नै डाँठ हो । डाँठको एक सिरा वा दुवै सिराबाट पातहरू निस्किन्छन्, जसलाई डेन्ड्राइट भनिन्छ । एउटा सिराबाट नै डेन्ड्राइट पलाएकोलाई युनिपोलर नर्भसेल र दुवै सिराबाट पलाएकोलाई वाइपोलर नर्भसेल भनिन्छ । दुर्ई वर्षपछि नर्भसेलमा एउटा आवरण चढ्छ, जसलाई माइलिनसिथ भनिन्छ । त्यस्तो नर्भलाई माइलेनेट नर्भ भनिन्छ । यसले नर्भको बचावट गर्छ । २/३ वर्षका बच्चामा नर्भ माइलेनेट भएको हुँदैन, त्यस कारण उनीहरूले ओछ्यानमा पिसाब गर्छन् । तीन वर्षपछि नर्भ माइलेनेटे भइसक्छ र बच्चाले ओछ्यानमा पिसाब गर्दैन । नर्भसेललाई एक उदाहरणले अझ स्पष्ट पारौं–
एउटा फूलझाडुको कल्पना गर्नुस् वा घरमा छ भने उठाएर हेर्नुस् । त्यसमा आधा भागसम्म एउटा प्लास्टिकले बेरिएको मुठ हुन्छ । त्यही मुठ एक्सन हो र बेरिएको प्लास्टिक माइलिनसिथ हो । त्यसमा झाडुका फूलहरू एकातिर झुन्डिएका हुन्छन्, जुन झाडुको मुख्य भाग हो, जसले बढार्ने काम गर्छ । ती झुम्मिएका फूलहरू नै डेन्ड्राइट हुन् । यो युनिपोलर नर्भ भयो । यदि मुठको दुवैतिर फूललाई झुन्ड्याउनुहुन्छ भने त्यही वाइपोलर नर्भ हुन्छ । यही डेन्ड्राइट मांसपेशी वा अरू अङ्गमा जान्छन् र काम गर्छन् । कसरी त ? हामीले झाडुको एक्सनलाई हातले समातेर झाडुलाई हर्कतमा ल्याउँछौं । त्यही हर्कत फूलहरूमा ट्रान्सफर हुन्छ र बढार्ने काम सम्पन्न हुन्छ । काम सकेपछि हामी एक्सनलाई छाड्छौं र हर्कत खत्म हुन्छ ।
ठीक यस्तै न्युरोट्रान्समिटरको काम हुन्छ । त्यो नर्भसेलमा बन्छ र एक्सनको पोलमा आएर एउटा पैकेटमा बस्छ । काम गर्ने बेलामा यो पैकेट खुल्छ र केमिकलले आफ्नो काम समाप्त गर्छ । त्यसपछि त्यो केमिकल नष्ट हुन्छ । पैकेटमा नयाँ केमिकल भरेर तयार हुन्छ । पुरानो नष्ट हुने र नयाँ भरिने काम चलिरहन्छ । यो ठीक पिस्टलमा गोली भरिए सरह हो । एउटा गोली चलपछि नष्ट भयो । अर्को गोली भरिएर तयार बसिसक्छ । एवरीतले नर्भको काम चलिरहन्छ ।
न्युरोट्रान्समिटर दुर्ई प्रकारका हुन्छन्ः एउटाले अङ्गलाई उत्तेजित पार्छ, जसलाई एक्साइटेटरी र अर्कोले अङ्गको कामलाई रोक्छ, जसलाई इनहिविटरी न्युरोट्रान्समिटर भनिन्छ । ग्रुपिङ गर्दा यो तीन ग्रुपका हुन्छन्ः एउटा एमाइनो एसिडले बनेको हुन्छ, अर्को एमाइन जो एमाइनो एसिडको नै प्रशोधित रूप हुन्छ । तेस्रो अरू ग्रुपमा आउँछ । एमाइनो एसिड ग्रुपका न्युरोट्रान्समिटर हुन् जिएबिए, ग्लाइसिन, ग्लुटामेट र स्पार्टेट, एमाइन ग्रुपमा एड्रिनलिन, नौरएड्रिनलिन, डोपामिन, हिस्टामिन र सिरोटिनिन तथा तेस्रो ग्रुपमा नाइट्रिक एसिड र एसिटाइलकोलिन आउँछन् । यी सबैका सम्पूर्ण विवरण जान्न यस लेखमा भ्याउने कुरै भएन । बस नाम मात्र जाने पुग्छ र कहाँ–कहाँबाट यी निस्रित हुन्छन्, तिनीहरूको पनि नाम मात्र जाने पुग्छ । यी न्युरोट्रान्समिटरहरू निस्किन्छन्– हाइपोथैल्मस, थैल्मस, बेस अफ ब्रेन, फोरब्रेन, ब्रेन स्टिम, रेटिना, सिरेब्रल कार्टेक्स, सेरिबेलम, लिम्बिक सिस्टम, नियोकाँर्टेक्स, स्पाइनलकर्ड, प्लेटलेट, फोक्सो आदि । पाठकवृन्द, यी नामहरू तपाईंलाई बुझ्न गा¥हो हुन्छ तर यो बुझे हुन्छ कि प्रायः नर्भका केन्द्रीय र परिधीय सबै नर्भ न्युरोट्रान्समिटरका उत्पादक हुन् । अब कुरा उठ्छ कि के के गर्छन् यी न्युरोट्रान्समिटरहरूले ? जवाब यो छ कि के गर्दैनन् यिनीहरूले ? यिनैले हामीलाई बोल्न, सुन्न र देख्न लगाउँँछन् । यिनैले स्पर्श र सुख–दुःखको अनुभूति गराउँछन् । यिनैले हामीलाई लेख लेख्न लगाउँछन् । यिनैले हामीलाई महान् बनाउँछन् । गाँधी, लिङ्कन, आइन्स्टाइन, न्युटन बनाउँछन् । दिमागमा यिनैको कन्सन्ट्रेशन र सन्तुलनको स्तरले कोही महान् र कोही निकृष्ट बन्न पुग्छन् । योग, ध्यान र तपस्याले यिनैलाई सक्रिय गराउने काम गरिन्छ । यिनै जीवनका सारतŒव हुन् र मृत्युपछि पनि । किनभने गीतामा कृष्णले भन्छन्– अन्तिमकालमा अर्थात् मर्ने बेलामा जुन भावमा मानिसले प्राण त्याग गर्छ, अर्को जन्ममा पनि त्यही भावको प्रभाव मानिसमा प्राप्त हुन्छ । भाव अथवा न्युरोट्रान्समिटरको एउटा अंश ।
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् । यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ।।
यं यं वापि स्मरन्भावम् त्यजत्यन्ते कलेवरम । तम तमेवैति कौन्तेय सदा तद्भावभावितः ।।
इति ।