प्रस, पर्सागढी, १२ साउन/
वषर्Fयाम शुरू भएसँगै पर्सागढी नगरपालिकाका सडकहरू हिलाम्य भएर हिंड्न नसक्ने अवस्थामा पुगेका छन् ।
पर्सागढी नगरपालिका–४ बर्वाटाँडीदेखि बकनेर्वासम्मको सडक आव २०७७/७८ को बजेटमा मरम्मत गरिएको थियो । मरम्मत गरिएको दोस्रो वर्षमैं यो सडक हिंड्नलायक भएको छैन । वर्षा शुरू भएसँगै सडकमा पानी जमेर हिलो भएकोले सडकमा हिंड्डुल गर्न समस्या भएको हो । सडकका केही ठाउँ भत्किएका पनि छन् ।
कल्भर्ट बनाइएको ठाउँमा सडकखण्ड भासिन थालेको छ ।
जसले गर्दा आवतजावतमा समस्या हुने देखिन्छ । अहिले यो कल्भर्ट भएको ठाउँबाट स्थानीयले ठूला सवारीसाधनहरूको आवागमनमा रोक लगाएका छन् ।