प्रस, सिम्रFैनगढ, १२ साउन/

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा बिहीवार लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सदस्य शेख मोतिन र नेपाली काङ्ग्रेसबाट विजयी  सिम्रौनगढ नगरपालिका वडा नं ४ का अध्यक्ष अवधेश सहनीबीच वादविवाद भई झडप भएको छ ।

दुईजनाबीच वादविवाद भएको आधा घण्टा पनि नबित्दै नेका र लोसपाका कार्यकर्ताबीच झडप भएको थियो । दुई पार्टीका कार्यकर्ताहरूको झडप प्रहरी  आई शान्त पारेको थियो । झडप शान्त पार्ने क्रममा प्रहरीले लाठी चार्ज र १२ राउन्ड आश्रुग्याँस प्रहार गरेको थियो ।

अपराह्न ४ देखि बेलुकी ७ः३० बजेसम्म चलेको झडपमा तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा सिम्रौनगढ–७ जानकीनगरका ३५ वर्षीय रामनिवास राम, वडा नं ४ हरिहरपुरका १३ वर्षीय नाबालक रविकुमार सहनीलगायत नाम नखुलेका एकजना रहेका छन् । रामनिवास रामलाई थप उपचारको लागि वीरगंज पठाइएको प्रहरीले जनाएको छ ।

लोसपा मधेस प्रदेश सदस्य शेख मातिन सिम्रौनगढकी उपप्रमुख नजबु शेहरका पति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here