प्रस, परवानीपुर, ११ साउन/
वीरगंज–पथलैया औद्योगिक कोरिडोरको परवानीपुर बजार क्ष्Fेत्रमा सडकको चौडाइ घटाएको विषयमा व्यापारिक मार्गका प्राविधिकहरूले नियम अनुसार सडक विस्ताको काम हुने बताएका छन् ।
सडकको चौडाइ घटाएको आरोप लागेका वीरगंज–पथलैया व्यापारिक मार्ग आयोजनाका साइट इन्जिनीयर सुरेन्द्र साहले विवाद सिर्जना भएको ठाउँमा पचास मिटर चौडाइ हुने गरी सडक निर्माण हुने बताए । उनले सडकको चौडाइ घट्नुमा आफू दोषी नभएको बताउँदै ठेकेदारको बदमाशीका कारण सडकको चौडाइ ४७ मिटर हुन गएको र त्यसलाई सच्याइने बताए । उनले सडकको चौडाइ कम भएको ठाउँमा निर्माण भएको नाला भत्काएर सडक पचास मिटर चौडाइ हुनेगरी नाला निर्माण हुने परवानीपुरबाट पथलैया कार्यालयमा गएको टोलीलाई भनेका छन् ।
आर्थिक प्रभावमा परी सडकको चौडाइ घटाएको विषयमा परवानीपुरका बासिन्दाहरू आक्रोशित छन् । यस विषयमा ध्यानाकर्षण गराउन टोली पथलैया गएको थियो । यदि सडकको चौडाइ नियम अनुसार भएन भने अख्तियार तथा अदालतको बाटो जाने स्थानीयहरूले चेतावनी दिएका छन् ।