प्रस, वीरगंज, ७ साउन/

पर्साका दुई स्थान र बाराको एक स्थान गरी शनिवार तीन ठाउँमा सम्पन्न रक्तदान कार्यक्रममा आठजना महिलासहित १२९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

नेपाली काङ्ग्रेस, पर्सा–२, क्षेत्रीय कार्यसमितिले बिपी स्मृति दिवसको अवसरमा माईस्थान पार्कमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ४५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा  सगिरा खातुन, नजमा बेगम, सबिना खातुन, लोकनारायण यादव, राज खड्की, शहजाद अली, रेयाज अहमद, बिलन यादव, रोशन लामिछानेलगायतले रक्तदान गरेका थिए ।

प्रस, सेढवा/

यसैगरी, बिपी स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस जीराभवानी गाउँपालिका–३ ले बितो महतो जनता माविमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ५१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा गापा अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतो, कृपासिन्धु पटवारी, ब्रह्मानन्द चौधरी, राजकपछर चौधरी, पुतरिया देवी, मोहन चौधरी, जीतेन्द्रप्रसाद गौरो, महेश खाँ थारू, ब्रजभूषण पटवारी, शत्रुघ्न ओझैया, ओमप्रकाश महतो, कृष्णमोहन चौधरी, अरुण महतोलगायतले रक्तदान गरेका थिए ।

यसैगरी, प्रोवाइस इन्स्टिच्युटद्वारा जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा सावित्री चौधरी, हिरेन्द्र चौधरी, राजगिर चौधरी, प्रकाश पौडेल, कृष्ण झा, प्रकाश जैसवाल, अनुराग गुप्ता, उमेश साहलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here