प्रस, परवानीपुर, ६ साउन/

नेपाल दूरसञ्चार (नेपाल टेलिकम) कम्पनी सरकारी हस्तक्षेपको कारण धराशयी बन्दै गएको छ । वीरगंज मुर्लीस्थित क्षेत्रीय निर्देशनालयको सभाहलमा आयोजित वर्कर्स युनियनको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।

वक्ताहरूले कम्पनीलाई धराशयी बनाउन सत्तFधारी पक्ष लागिपरेको ध्यानाकर्षण गराउँदै आगामी दिनमा सबै वर्कर्स युनियन एकबद्ध भएर लाग्नुपर्ने औंल्याए । उनीहरूले एक समयमा वर्षमा १७ अर्ब मुनाफा गर्ने कम्पनी गत आर्थिक वर्षमा सात अर्बमा झरेकोले यो निकै नै चिन्ताको विषय भएको बताए ।

सत्ताधारी पक्षले व्यवस्थापन समिति र सञ्चालक समितिमा आफ्नो नजीकका व्यक्तिलाई नियुक्त गर्ने गरेको र निजी टेलिकम कम्पनीहरूबाट कमिशनतन्त्रमा टेलिकमका सेवाहरू निस्प्रभावी बनाउनेतर्फ लागेको कारण टेलिकम बर्सेनि घाटामा गइरहेको औंल्याएका थिए ।

त्यसैगरी, नेपाल टेलिकमले पछिल्लो समय ठेक्कापट्टामार्फत थुप्रै प्रोजेक्ट लागू गरेकाले त्यसको प्रतिफल प्रभावकारी नदेखिएको चर्चा गरेका थिए । साथै कर्मचारीहरूले विगत जस्तै बोनस, इन्सेन्टिभ, सरुवा, बढुवा तथा भत्ताको सुविधा पाउनको लागि सबै कर्मचारी युनियन एक भएर अगाडि बढ्न सुझाव दिएका थिए ।

वर्कर्स युनियन क्षेत्रीय निर्देशनालय वीरगंजका अध्यक्ष पुरनसाह कानूको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, नेपाल कारखाना श्रमिक सङ्घका राष्ट्रिय अध्यक्ष अमृतलाल जोशी, नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष लक्ष्मीप्रसाद कुर्मी, नेका पर्सा क्षेत्र नं २ का अध्यक्ष्F सहाबुद्दीन अन्सारी, नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष्F छोटेलालप्रसाद यादव, वर्कर्स युनियनका केन्द्रीय उपमहासचिव जयबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here