नरेश यादव, पर्सागढी, ६ साउन/

स्थानीय विकास पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगर–३१ मिलनचोकमा जडान गरिएको टावर लाइटको मर्मत कार्य शुरू भएको छ ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले आफ्नो संसदीय विकास कोषबाट जडान गरेको टावर लाइट एक महीनादेखि बिग्रिएको थियो । एक महीनादेखि टावरलाइट बिग्रिएपछि त्यसको फाइदा तस्करहरूले बढी उठाएका थिए । अँध्यारोको फाइदा उठाएर यो क्षेत्रबाट तस्करी कार्य बढी भएको स्थानीयको आरोप छ । एकजना स्थानीयले तस्करहरूकै इशारामा टावर लाइट बिगारेको आशङ्का व्यक्त गरे । टावर लाइट जडान भएपछि यो क्षेत्र उज्यालो भएको थियो र रातिमा हुने तस्करी रोकिएको थियो ।

अहिले एक महीनादेखि बत्ती बिग्रिएको र त्यसको फाइदा तस्करहरूले उठाउँदै आएका थिए । अँध्यारोमा यो क्षेत्रबाट हुने काठको चोरी तस्करी बढेको स्थानीयको भनाइ छ । जडान गरिएको टावर लाइटको हेरचाह स्थानीयले गर्न सक्ने र यसको लागि चनाखो हुन सामाजिक अगुवा बालेश्वर चौधरीले सुझाए ।

जसपा पर्सागढी नपाका नेता सुरज मानन्धरले अवैध कारोबार गर्नेहरूको सक्रियतामा टावर बत्ती बिगार्ने कार्य भएको हुन सक्ने आशङ्का व्यक्त गरे । उनले यसको सुरक्षा स्थानीयबाट गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here