प्रस, वीरगंज, ४ साउन/

वीरगंजमा कोरोना सङ्क्रमित पुष्टि भएको छ । बुधवार ३४ जनाको पिसिआर परीक्ष्Fण गर्दा छजनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकृत डा उदयनारायण सिंहले बताए ।

उनले पुष्टि भएका छजना महिला भएको र उनीहरूमध्ये एकजना बाराको र पाँचजना पर्सा जिल्लाको भएको बताएका छन् । १८ देखि २४ वर्ष उमेर समूहका छजना महिला सङ्क्रमित भएको उनले बताउँदै सङ्क्रमितहरू सामान्य रुघाखोकी र ज्वरोको उपचार गराउन आएको जानकारी गराए ।

सूचना अधिकृत डा सिंहले साउन ३ गतेदेखि कोरोनाविरुद्धको पिसिआर प्रयोगशाला सञ्चालनमा आएको बताए । पछिल्लो समयमा कोरोनाको कहर कम भएपछि २०७८ चैतदेखि पिसिआर परीक्ष्Fण बन्द भएको थियो । विदेश जानेहरूले मात्र पिसिआर परीक्ष्Fण गराउँदै आएकामा अहिले पुनः पिसिआर परीक्ष्Fण सर्वसाधारणको लागि पनि खुला गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here