प्रस, जीतपुर, ३ साउन/
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटन क्षेत्रको रूपमा विकसित गर्नुपर्ने बताएका छन् ।
मङ्गलवार नेपाल पर्यटन बोर्ड, बाराद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख पौडेलले जीतपुरसिमरालगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न उपमहानगरपालिका उद्यत रहेको बताए ।
उनले जीतपुरसिमरा उमनपाको अमलेखगंजलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नीति तथा कार्यक्रममार्फत योजना बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले यस सम्बन्धमा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न उमनपा तयार रहेको बताए ।
कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल पर्यटन बोर्ड, बाराका अध्यक्ष कृष्ण साह, नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।