हामीले सुनेका छौं, अमुक व्यक्तिलाई निकै रिस उठ्यो र उसको दिमाग तात्यो । हालसम्म यो उखानको रूपमा भनिन्थ्यो तर एउटा शोधले यो पुष्टि गरेको छ । संसारमा बढ्दो तापमानको बीच एउटा अनुसन्धान भएको थियो । बढ्दो गर्मीको प्रभाव अब मान्छेको दिमाग र उनीहरूको मानसिक स्वास्थ्यमाथि परिरहेको छ । जसले गर्दा चिडचिडापन, डिप्रेशन, बेचैनी, हिंसा पनि बढिरहेको छ ।

बोस्टन युनिभर्सिटीको एउटा शोधमा यसको अध्ययन गरिएको थियो कि बढ्दो हिटवेभको कारण मान्छेको प्रदर्शन र प्रतिक्रिया कसरी प्रभावित भइरहेको छ । हिटवेबको प्रतिक्रिया आक्रामकताको मुख्य कारण बन्दैछ किनभने यसले बिस्तारै बिस्तारै मानिसको दिमागलाई प्रभावित गरिरहेको छ । तापमान बढ्दा मान्छे डिहाइडे«शन, डेलिरियम र बेहोश भइरहेका छन् । यसको अलावा अन्य थुप्रै परिणाम पनि देखिंदैछ ।

अहिले पूरै संसारको तापमान बढिरहेको छ । यसको मुख्य कारण जलवायु परिवर्तन हो, यसलाई नै ग्लोबल वार्मिङ भनिन्छ । तापमान कम गर्नको लागि मान्छेले आर्टिफिशियल सहारा लिंदैछन् तर सत्य यो हो कि यसबाट तापमान घट्नुको सट्टा बढ्दै गइरहेको छ । वैश्विकरूपमा यसबारे चर्चा भएन भने हिटको एउटा डेन्जर सर्किल बन्न सक्छ ।

एउटा अन्य अध्ययनन अनुसार कुनै स्थानको लागि सामान्य तापमान सीमाभन्दा ५ प्रतिशत बढेपछि अस्पतालको आपातकालीन कक्षमा कमसेकम दसजना रोगीको वृद्धि हुन्छ । सबैभन्दा बढी मान्छेलाई मानसिक समस्या हुन्छ । उनीहरू रिसाहा हुन्छन्, डिप्रेशनको शिकार हुन्छन्, बेचैनी बढ्छ । यस बेचैनीबाट उनीहरू हिंसक वा उग्र हुन्छन् । बढ्दो तापमानले आत्महत्याको घटनालाई पनि बढाएको छ ।

गर्मीको कारण मान्छे स्पष्टसँग सोच्न सक्दैन, ऊ निराश वा आक्रामक हुन्छ । अत्यधिक गर्मीका कारण हिंसक अपराधमा वृद्धि भएको छ । परिवेशको तापमान एक वा दुई डिग्री सेल्सियस वृद्धि भएपछि मानव हमलामा ३–५ प्रतिशत वृद्धि हुन सक्छ ।

सन् २०९० सम्म यो अनुमान लगाइएको छ कि वैश्विकस्तरमा सबै अपराध श्रेणीमा ५ प्रतिशतसम्म वृद्धिको लागि जलवायु परिवर्तन जिम्मेवार हुन सक्छ । यस वृद्धिको कारणमा मनोवैज्ञानिक, सामाजिक र जैविक कारकको एउटा जटिल सम्बन्ध सामेल छ । उदाहरणको लागि सेरोटोनिन नामक एउटा मस्तिष्क रसायन जुन आक्रामकताको स्तरलाई नियन्त्रित राख्छ, त्यो उच्च तापमानबाट प्रभावित हुन्छ ।

द कन्भर्सेशनको एउटा रिपोर्टमा यस कुराको उल्लेख छ कि बढ्दो तापमान पर्यावरणको लागि झनै खतरनाक हुन्छ । बेलायतमा गरिएको सर्वेक्षणमा सामेल ६० प्रतिशत युवाहरूले भनेका छन्, जलवायु परिवर्तनका कारण हामी निकै चिन्तित छौं । ४५ प्रतिशतभन्दा बढी सहभागीहरूले जलवायु परिवर्तनबारे भनेका छन्– यसले दैनिक जीवनलाई प्रभावित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here