प्रस, जीतपुर, २ साउन/

इलाका प्रहरी कार्यालय, सिमराले सोमवार बिहान सिमरा चोकमा चेकजाँच गर्दा पिकअप जीपबाट एक हजार २५ लिटर घरेलु मदिरा बरामद गरेको छ ।

प्र२–०३–००१च०४७० नम्बरको पिकअपबाट एक हजार २५ लिटर घरेलु मदिरासहित चालकलाई पक्राउ गरी कारबाईको लागि प्रहरीलाई बुझाएको आन्तरिक राजस्व कार्यालय, सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बताए । घरेलु मदिरालाई प्लास्टिकको पाउचमा भरेर लगिरहेको अवस्थामा ४१ बोरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद मदिरा अन्तःशुल्क ऐन २०५८ बमोजिम बिगो सम्बन्धमा ब्रान्ड नखुलेको मदिरा मानेर ७० युपी मदिराको मूल्य बराबर कायम हुने अधिकृत भण्डारीले बताए । बरामद मदिराको बिगो करीब एक लाख ५० हजार कायम हुने र सो रकम मदिराधनी वा चालकले बेहोर्नुपर्ने अधिकृत भण्डारीले जानकारी गराए । उनले मदिराको बिगो बमोजिम जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने तथा सवारी चालकलाई रु १५ हजार जरिवाना र तीन महीनासम्म कैद वा दुवै सजाय हुने उनले बताए । मदिरा ढुवानी गर्ने सवारीसाधन जफत हुन सक्ने वा रु २५ हजार जरिवाना हुने अधिकृत भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here