काठमाडौं, २ साउन/रासस

नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस अन्तर्गत स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ कांस्यपदक जितेका छन् ।   

राजुले १७० सेमीसम्मको समूहमा कांस्यपदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश सङ्घका उपाध्यक्ष एवं टीम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिए । उनका अनुसार उक्त विधामा विभिन्न २४ राष्ट्र सहभागी थिए ।

त्यस्तै, सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेश महासङ्घले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेशबाबू श्रेष्ठलाई ‘डिस्ङिग्विस्ड अवार्ड’ले सम्मान गरेको उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए । 

प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र उमेश राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुजिताले आफ्नो फिजिक अन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन् । यस्तै, उमेशले भने बुधवार प्रतिस्पर्धा गर्दैछन् । नेपालले आगामी सन् २०२३ मा ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स आयोजना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here