प्रस, वीरगंज, ३२ असार/
मानव सेवा आश्रम वीरगंज शाखाले आज ५औं वार्षिक उत्सव तथा आश्रममा जन्मिएकी छोरी उपनिशाको अन्नप्राशन समारोह सम्पन्न भएको छ।
कार्यक्रममा मानव सेवा आश्रमका प्रणेता रामजी अधिकारी, प्रमुख अतिथिहरू बाबुलाल चाचान, उद्योग वाणिज्य सङ्घ, वीरगंजका अध्यक्ष सुबोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल लगायतले मानव सेवा आश्रमले गरेको कामको प्रशंसा गरे।
कार्यक्रममा ‘मानवता नै भावविह्वल हुने दुखियाहरूको प्रस्तुत वृतचित्र तथा मानव सेवा आश्रम, वीरगंज शाखाको भावी भवनकोबारेमा जानकारी गराइएको छ।
कार्यक्रममा मुर्ली रूङ्गटा, कर्नेल मायमण्ड कार्की, जनपद तथा ससस्त्रका प्रहरी उपरीक्षक द्वव रमेश बस्नेत, तेज प्रतापका साथै निर्वतमान महानगर प्रमुख विजय सरावगी, उद्योगपति गणेश लाठलगायतको सहभागिता थियो।
कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम मधेस प्रदेशका सञ्योजक देवेश मानवसेवा र वीरगंज संयोजक सानुमाया सेवाले गरेकी थिइन्।