प्रस, सेढवा, ३१ असार/
सूर्य नेपाल प्रालि, सिमराले वीरगंज महानगर–३२ बेलवामा भाडामा लिएको सुर्ती सङ्कलन केन्द्रमा शुक्रवार आगलागी भएको छ । आज दिउँसो केन्द्रमा आगलागी हुँदा एक करोड मूल्यको साढे २८ मेट्रिकटन सुर्ती जलेर नष्ट भएको सूर्य नेपालले जनाएको छ ।
आगलागीको कारण तत्काल पुष्टि भएको छैन । जीतपुरसिमरा र वीरगंजबाट आएका वारुणयन्त्रले तीन घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए । सूर्य नेपालले किसानहरूसँग खरीद गरेको सुर्ती सो केन्द्रमा सङ्कलन हुने र त्यहाँ प्रशोधन गरी कारखानामा पु¥याउने गरिन्छ । दैनिकरूपमा सुर्ती सङ्कलन र प्रशोधन गरेर कारखानामा पु¥याउने गरिएको सूर्य नेपालले जनाएको छ ।