प्रस, वीरगंज, ३१ असार/
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति, भरतपुर, चितवनको संयुक्त आयोजनामा शुक्रवार वृक्ष्Fारोपण तथा चौतारा उद्घाटन सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वृक्ष्Fारोपण तथा चौताराको उद्घाटन गरेका थिए ।
कार्यक्रममा उनले वातावरण प्रदूषण नियन्त्रणका लागि वृक्षारोपण आवश्यक भएको बताए । उनले वातावरणको संरक्षणमा सघाउ पु¥याउन सबैलाई आआफ्नो क्षेत्रमा वृक्षारोपण गर्न सुझाए । उनले गाउँ–शहर हराभरा बनाउन मन्त्रालयबाट उपलब्ध हुन सक्ने सहयोग आफूले गर्ने प्रतिबद्धता जाहेर गरे ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा आँप, गुलमोहर, नीमलगायतका २५० वटा बिरुवा रोपिएको थियो ।
कार्यक्रममा नगरप्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समितिका प्रमुख रामहरि पन्त, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, वडाध्यक्ष सुशील साह कानू, पहिलो पाइला नेपालका शेखर अग्रवाल, वीरगंज युवा समाजका कमल चौगाई, व्यवस्थित वीरगंज अभियानका दीलिप कार्की, स्वास्थ्यकर्मी महेशसिंह धामी, सामुदायिक सेवा केन्द्र, छपकैयाका ग्यासु मियाँ देवान र मुर्लीका राम सर्राफ, नगरप्रहरी प्रमुख हरि भुसाल, वप्रका बिर्ताका प्रनि विशाल मल्ल, श्रीपुरका डिल्लीराज सापकोटा, ट्राफिकका प्रनि धु्रवप्रसाद दाहाललगायतको सहभागिता थियो ।
माईस्थानदेखि आदर्शनगर क्षेत्रको फूटपाथमा वृक्षारोपण गरिएको थियो ।