प्रस, परवानीपुर, २९ असार/

वीरगंजमा एक करोडको लागतमा मदिरापसल सञ्चालनमा आएको छ । वीरगंज बिर्तास्थित राजभण्डारी कम्प्लेक्सको भुइँतलामा सुविधासम्पन्न मदिरापसल सञ्चालनमा आएको हो । ३० वर्षदेखि वीरगंजको आदर्शनगरस्थित राष्ट्रिय वाणिज्य बैंक भवनको भुइँतलामा सञ्चालित टिबडेवाल इम्पेक्सका सञ्चालक दीपक टिबडेवालले टिबडेवाल लिकर्स नामले अर्को मदिरापसल सञ्चालनमा ल्याएका हुन् ।

उक्त पसलमा स्वदेशी र विदेशी मदिराका हरेक ब्रान्ड सँगसँगै चीसो पेय पदार्थ राखिएको टिबडेवालले बताए । बिहारमा मदिरा प्रतिबन्ध भएपछि वीरगंजका होटल तथा रेन्टुरेन्टहरूमा मदिराको बिक्री ह्वात्तै बढेको छ । बिहेवारीको लगनमा बिहारबाट दर्जनौं जन्ती वीरगंज आउने भएकाले बजारको मागलाई मध्यनजर गर्दै हरेक ब्रान्डका मदिरा सहजै उपलब्ध होस् भनी सुविधासम्पन्न पसल खोलेको सञ्चालक टिबडेवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here