नितेश कर्ण, वीरगंज, २८ असार/

वन तथा वातावरण मन्त्री प्रदीप यादवले महानगरका सामुदायिक विद्यालयका बेथितिहरूलाई सुधार गर्ने बताएका छन् ।

त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम प्राविधिक विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले राजनीतिक आस्थाका आधारमा शिक्षण पेशालाई अगाडि नबढाउन आग्रह गरे । उनले विद्यालयका समस्याहरू समाधान गर्ने आश्वासन दिंदै विद्यार्थीहरूलाई गलतरूपमा प्रयोग नगर्न सुझाए ।

यसअघिको कार्यकालमा विद्यार्थीहरूलाई व्यक्तिगत स्वार्थ प्रयोजनमा प्रयोग गरेर शिक्षकहरूले बदनामी कमाएको भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्ने र शिक्षालाई निस्स्वार्थ रूपमा अगाडि बढाउन आग्रह गरे । उनले विषयगत शिक्षकहरूको नियुक्ति गरिने र अनावश्यकरूपमा शिक्ष्Fकहरूको सरुवा, बढुवा महानगरले नगर्ने आश्वासन दिए । विषयगत शिक्षकहरूको अभावमा महानगरको शिक्षा प्रणालीमा विकृति मौलाएको भन्दै उनले यस्ता कार्यलाई निरुत्साहित गरिने बताए । उनले ढुक्क भएर शिक्षण पेशालाई इमानदारीपूर्वक निर्वाह गर्न सुझाव दिंदै राम्रो गर्ने शिक्ष्Fकलाई कुनै पनि अवस्थामा हतोत्साहित नगरिने बताए ।

नगरप्रमुख राजेशमान सिंहले शिक्षण पेशालाई समृद्ध बनाउनको लागि आफ्नो इमानदार प्रयास रहने बताए । व्यक्तिगतरूपमा आफू कसैसँग पूर्वाग्रही नहुने र शिक्षकहरूलाई पनि पूर्वाग्रह त्यागेर काम गर्न आग्रह गरे । उनले महानगरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिको आवश्यकता अनुसार विद्यालयहरूलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कलवारको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जगतसाह कानू, बैजु स्वर्णकारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी शिक्षकहरू दयाकान्त झा, हरिन्द्र चौरसियालगायतले महानगरका विद्यालयहरूको अवस्था दयनीय भएको बताए । उनीहरूले विनियोजित बजेटमा विद्युत् शुल्क नराखिएकोले समस्या भएको, छ सयजना विद्यार्थी अध्ययनरत विद्यालयमा अध्यापनको लागि सातजना शिक्षक मात्र रहेको, शौचालयको व्यवस्था नभएको, शौचालय महिलामैत्री नभएको, कतिपय विद्यालयहरूमा वर्षा र जाडोमा त्रिपाल झुन्ड्याएर अध्यापन गराउनुपर्ने बाध्यता रहेको जस्ता गुनासाहरू पोखेका थिए ।

कार्यक्रममा प्रअ हरिन्द्र कुर्मीले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here