प्रस, परवानीपुर, २६ असार/
बारा, परवानीपुर गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहका २५ वर्षीय छोरा शैलेश साहको प्याङ्क्रियाजको समस्याबाट असामयिक निधन भएको छ।
उपचारको क्रममा भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा गत शुक्रवार राति ९ बजे उनको निधन भएको थियो। हैदराबादमा मासिक रु एक लाख तलब भत्तामा सफ्टवेयर इन्जिनीयरिड्ढो काम गर्दै आएका शैलेश गत फागुनमा विवाह गर्नको लागि घर फर्केका थिए। गत मङ्गलवार छाती दुखेपछि उनलाई स्पर्श मल्टिस्पेशिलिटी हस्पिटल, गण्डकमा प्रारम्भिक चेकजाँच गरी चितवन लगिएको थियो। अस्पतालको परीक्षणमा उनको प्याङ्क्रियाजमा सङ्क्रमण भएको कारणले अन्य अङ्गहरूमा प्रतिकूल असर पर्दै गएको थियो।
प्याङ्क्रियाजमा समस्या दुईवटा कारणले मात्र हुने गरेको छ। एउटा अत्यधिक मदिरासेवन र अर्को प्याङ्क्रियाजमा स्टोन हुँदा। तर शैलेशमा त्यस्तो कुनै पनि समस्या नरहे तापनि अपवादको रूपमा आफ्नो छोरामा त्यस्तो समस्या देखिएको बुबा साह बताउँछन्।
आफ्नो छोरा शैलेशको शनिवार बिहान दाह संस्कार गरेका हरिनारायण साहले यस्तो दुःख अरू कसैलाई भगवान्ले नदिऊन् भनी प्रार्थना गरेका छन्।