प्रस, वीरगंज, २५ असार÷
पर्साको पकहामैनपुर गाउँपालिकाको आव २०७९÷८० को आठौं गाउँसभा शनिवार सम्पन्न भएको छ ।
गापा अध्यक्ष सुरेशप्रसाद मेहताको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरी, गापा उपाध्यक्ष सरफुनेशा खातुन, नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दनसिंह क्षत्री, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नं १ देखि ५ सम्मका अध्यक्ष, वडा सदस्य, नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं ३ का क्षेत्रीय सभापति सिसुनप्रसाद चौहानलगायतको सहभागिता थियो ।
उद्घाटन सत्रमा गापाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बजेट वक्तव्य प्रस्तुत गरेका थिए ।
आगामी आवको लागि पकहामैनपुर गापाले रु ३९ करोड ३७ लाख ८४ हजारको बजेट ल्याएको छ ।
गापा अध्यक्ष सुरेश मेहताको प्रस्तावलाई सर्वसहमतले सभाले पारित गरेको थियो ।