राधेश्याम पटेल, वीरगंज, २५ असार÷

हेटौंडा–२ चौकीटोलमा सञ्चालित भाटभटेनी सुपर मार्केटको दैनिक कारोबार करीब ३० लाख रुपैयाँभन्दा बढीको हुने गरेको छ ।

अन्य दिन दैनिक करीब १४ सय ग्राहक किनमेल गर्न आउने गरे तापनि सार्वजनिक बिदा, शुक्रवार तथा शनिवार ग्राहकको भीड बढ्ने गरेको सहायक प्रबन्धक शर्मिला गुरुङले जानकारी गराइन् । उनले बिहान साढे ७ देखि राति पौने ९ बजेसम्म सुपरमार्केट सधैं खुल्ने गरेको र सेवा दिइरहेको बताइन् ।

हेटौंडाको भाटभटेनीमा हेटौंडा आसपास, मनहरी, लोथर, पर्साको वीरगंज, बारा, रौतहट, सर्लाही, मकवानपुरका विभिन्न ठाउँका ग्राहकहरू किनमेल गर्न आउने गरेको उनी बताउँछिन् ।

अहिले बकरिद पर्वको अवसरमा ग्राहकको सङ्ख्यामा वृद्धि भएको उनी बताउँछिन् । वीरगंजबाट किनमेल गर्न जाने ग्राहकहरूलाई होम डिलेभरीको सुविधा पनि दिने गरिएको छ । ४० हजार रुपैयाँसम्मको किनमेल गर्ने ग्राहकहरूलाई निश्शुल्क सामान घरसम्म पु¥याइदिने सुविधा दिइएको छ ।

सात महीनाअघि २०७८ मङ्सिर २२ गतेदेखि शुरू भएको उक्त भाटभटेनीमा खाद्यान्न, लुगाकपडा, गार्मेन्ट, भाँडाकँुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान, तरकारी, फलफूललगायतका सामान बिक्री वितरण हुने गरेको छ ।

देशभरि आउटलेट विस्तारमा आक्रामक भइरहेको भाटभटेनी सुपर स्टोरले करीब रु डेढ अर्बको लगानीमा हेटौंडा–भैंसे सडकखण्डको चौकीटोलमा २०औं आउटलेटको रूपमा सञ्चालनमा ल्याएको हो । बुद्धचोकभन्दा चार सय मिटर उत्तर गएपछि त्यहाँ पुग्न सकिन्छ ।

१४ कट्ठा पाँच धुर जग्गामा स्टोरका दुईवटा बेसमेन्टसहित आठ तले भवनको कुल क्षेत्रफल एक लाख ३४ हजार वर्गफिट छ । दुईवटा बेसमेन्टमा गरी तीन सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न मिल्ने प्रबन्ध मिलाइएको छ । स्टोरको भुइँतलामा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामानलगायत कस्मेटिक सामग्री राखिएका छन् भने सोही तलामा केएफसीको आउटलेट रहेको छ ।

यस तलामा नौवटा काउन्टर छन् । त्यस्तै, पहिलो तलामा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गार प्रसाधनका सामग्री छन् । यही तलामा पेपे पिज्जाको आउटलेटसमेत रहेको छ ।

दोस्रो तला महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्तालगायत पहिरनका सामग्री छन् । यस तलामा न्यू ब्यालेन्स, एनबी, फिला, स्केयर्स र युएस पोलोजस्ता विश्वप्रसिद्ध ब्रान्डेड कम्पनीका तयारी कपडा पाइने भाटभटेनी हेटौंडाकी प्रबन्धक अञ्जु मगरले बताइन् । तेस्रो तलामा जुत्ताचप्पललगायतका फूटवेयर बिक्री वितरण हुन्छ । यही तलामा टिभी, फ्रिज, वासिङ मेशिन, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री राखिएका छन् ।

भाटभटेनीले काठमाडौंको टोखा र सानागाउँ, पश्चिम नेपालको धनगढी, मधेस प्रदेशको जनकपुर र वीरगंज तथा पूर्वको झापा जिल्लास्थित बिर्तामोड गरी छ ठाउँमा स्टोर सञ्चालनका लागि निर्माण कार्य गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here