• राजेश मिश्र

 “सुन लोगन हो, हम गाछी पर से उतरतानी, मन भर पाँकी से नहवा द लोगन । अब हम कुछु ना बोलेम हो दादा ।” किंवदन्ती अनुसार लामो समयसम्म पानी परेन भने ब्रह्मस्थान तथा शिवालयमा पूजापाठ गर्ने, लोकगीत गाउने र ठूलाबडाहरूमाथि हिलो छ्यापेर देवराज इन्द्रलाई खुशी पार्ने चलन छ । यसो गर्दा जलवर्षा हुने जनविश्वास छ । पछिल्लो एक हप्ताको अवस्था हेर्ने हो भने जलवर्षा नहुँदा उच्च तापक्रमले मधेसको जनजीवन आक्रान्त छ । शुक्रवार दिउँसोदेखि जलवर्षा हुन थालेपछि अहिले मौसम अनुकूल छ ।

उहिले जलवर्षा नहुँदा, पूजापाठ गरी कसरी गोबर, माटो र पानीको घोल छ्यापिन्थ्यो भन्ने सेरोफेरोमा एक कथा प्रस्तुत छः—

 ‘काका हो, काहँवा जा के पाँकी में छबक ले ल हउव ? हो, काहे एतना भुनुर—भुनुर करतार ? काहे घर ओरी भागतार ?’ अर्थात् काका हजुर, कता गएर हिलो छ्याप्नुभयो ? किन घरतर्फ भागिरहनुभएको छ ? असारको कडा घाममा रूखको छहारीमुनि गफ गरिरहेका पाँच÷सात जनामध्ये एकजनाले काकासँग प्रश्न ग¥यो । उसले प्रश्न गरिरहँदा अन्य साथीहरू काकाको अवस्था देखेर दङ्ग थिए । उनी केहीबेरअघि कोदालो लिएर खेततर्फ गइरहेको उनीहरूले देखेका थिए । कडा घाम र सुक्खा मौसममा काका कसरी र कहाँ हिलाम्य भए भन्ने कुराले उनीहरू आश्चर्यचकित थिए ।

गोबर र माटोको दुर्गन्धले आजित काका क्रोधित थिए । रिसले चूर उनी यताउति नहेरी घरतर्फ गइरहेका थिए । मानिसहरूले पुनः प्रश्न गरे, “के भयो काका ? कसरी हिलाम्य हुनुभयो ?” काकाले क्रोधित मुद्रामा ठूलो र रातो आँखा पारेर वरिपरि हेर्न थाले । इँटको टुक्रा हातमा उठाएर देखाउँदै भने, “अब फेरि पनि सोध्यौ भने मेरो हातमा हेरिरहेका छौ नि, के छ ? हानिदिन्छु । तिमीहरूको टाउको फोडिदिन्छु ।”

काकाले यस्तो भनिरहँदा उनको घरतर्फबाट आइरहेका एकजना मानिसले उनीनजीक आएर खडा भए । ती व्यक्तिले काकालाई खोज्दै महिलाहरूको हुल काकाको घरतर्फबाट आइरहेको कुरा अवगत गराए । यो कुरा सुनेपछि काकाको आँखा झन् ठूलो हुनुका साथै आँखीभौं माथि तन्किन थाल्यो । तर काकालाई यो कुरा सुनाउने व्यक्तिको मुहारमा मन्द मुस्कान थियो । किनभने काका किन र कसरी हिलाम्य भएका थिए भन्ने कुरा ती मानिसलाई थाहा थियो ।

महिलाहरू आफूतिर आइरहेको कुरा सुन्ने बित्तिकै काकाले अघि आइरहेकै दिशामा फर्किन बाध्य भए । केही मिटर पर नपुग्दै महिलाहरूको झुन्ड हल्ला गर्दै काकातर्फ अघि बढिरहेको थियो । काकाले पुनः दिशा परिवर्तन गरे । घरतर्फ मोडिएसँगै यताबाट पनि महिलाहरूको एक अर्को झुन्ड आइरहेको थियो । काकाको पाइला जहाँको त्यहीं अडियो । रूखको छहारीमुनि बसिरहेका मानिसहरूले पुनः उनीसँग के भयो भनेर सोधे । दुवैतिरबाट महिलाहरूद्वारा घेरिइसकेका काकालाई कता भाग्ने र कसरी बच्ने उपायबाहेक अन्य कुरामा ध्यान पटक्कै थिएन ।

गोबर, पानी र माटोको घोलयुक्त भाँडा प्रत्येक महिलाको हातमा थियो । लोकगीत गाउँदै ठट्यौली पारामा दुवैतिरबाट महिलाहरूको झुन्ड थियो । अघि महिलाहरूको चङ्गुलबाट उम्केको काकामाथि धावा बोल्ने तरखरमा उनीहरू थिए । काकाले तीव्र गतिमा मुन्टो दायाँ—बायाँ गर्दै उम्कने युक्ति सोच्न थाले । उनको मस्तिष्कमा एउटै प्रश्न खेलिरहेको थियो, अब कताबाट भागौं ? आक्रमण भन्दै महिलाहरूले काकामाथि धावा बोले । महिलाहरूको झुन्डमा रमाइलो गरिरहेका केटाकेटीहरूले बुद्धि अनुसार महिलाहरूलाई युक्ति बताइरहेका थिए भने वयस्कहरूले महिलाहरूलाई इशारामा  आक्रमणको तरीका सुझाइरहेका थिए ।

मरता क्या नहीं करता भनेझैं काका जय बजरङ्ग बलीको जयकारा गर्दै तीव्र वेगमा रूखतर्फ दौडे । पछिपछि महिलाहरू दौडे । लखेट्न थाले । अन्ततः काका रूखमा चढ्न सफल भए । उनी रूखको हाँगामा बसेर स्वाँ—स्वाँ गर्दै ठूलठूलो आँखा पारेर तल हेरिरहेका थिए । महिला, बच्चा र वयस्कहरूको भीडका साथै रूखमुनि क्रन्दनयुक्त माहोल उग्र थियो । एक कान दुई कान गर्दै यो कुरा गाउँभरि फैलियो । बिस्तारै गाउँका मानिसहरू रूखनिर भेला हुन थाले । यस्तो लाग्थ्यो कि आज कुनै पर्व हो ।

भुइँबाट भएपनि गोबर, माटो र पानीको घोल काकामाथि फ्याँक्ने क्रम जारी थियो । यद्यपि महिलाहरूको प्रयत्न सफलता उन्मुख थिएन । किनभने काका अग्लो बडहरको रूखको टुप्पोमा बसिरहेका थिए । महिलाहरूले हिलो त फ्याँक्थे, तर हिलो उल्टै उनीहरूकै जीउमा खस्थ्यो । महिलाहरूले काकालाई तल नझरेसम्म आफूहरू रूखमुनि बसिरहने कुरा सुनाए । काका पनि के कम थिए । प्रतिउत्तरमा उनले पनि तिमीहरू नगएसम्म आफू रूखमैं बसिरहने कुरा सुनाए । दुवै पक्षमध्ये कुनै एक पक्ष पनि हारण् मान्ने मनस्थितिमा थिएन ।

काकाले बडहरको फल टिप्दै र खाँदै गर्दा बेला–बेला कमिलाहरूको टोकाइ सहनुपरिरहेको थियो । रूखको एउटा हाँगामा गुँडभित्र कागका बच्चाहरू थिए । जब काग बच्चाहरूको लागि आहारा लिएर आयो, तब गँुडनजीक मानिसलाई देखेर काँ–काँ गर्न थाल्यो । कागको क्रन्दनपछि एक÷दुई गर्दै थुप्रै काग जम्मा भए । कागहरूले काँ–काँ गर्दै काकाको टाउकोमा ठुङ्न थाले । बिहानदेखि अशान्त काका बडहरको मीठो फलमा रनभुल्ल भइरहेका बेला कागहरूको आक्रमणले रुनु न हाँस्नु भए । शिरमा गम्छाको पगडी बाँधे र गँुडभन्दा केही तल सरे ।

अन्ततः काकाले काग, कमिला र महिलाहरू गरी विविधथरीका आक्रमण सहनुभन्दा महिलाहरूको अगाडि आत्मसमर्पण गर्नु नै उपयुक्त विकल्प ठाने । उनले भने, “सुन लोगन हो, हम गाछी पर से उतरतानी, मन भर पाँकी से नहवा द लोगन । अब हम कुछु ना बोलेम हो दादा ।”

काकाले महिलाहरूसँग आफू रूखबाट ओर्लिंदै गरेको कुरा बताउँदै जति हिलो छ्याप्दा पनि आफू केही नबोल्ने मनसाय व्यक्त गरे । महिलाहरूसँगै रूखमुनि उपस्थित भीड युद्ध जिते सरह खुशी भयो । अहिले काका महिलाहरूको घेराभित्र आँखा बन्द गरेर चुपचाप बसिरहेका थिए । काकामाथि हिलोको बौछार भइरहेका बेला महिलाहरूको भीडबाट लाचारी गीत गुञ्जित भयो ।

हामारा हीं बाबाजी के,

दशो हर गइलें हो ।

दशु हारवाहवा,

पियासे मरी गइलें हो… ।

खेतमा दशवटा हलो गएको र प्यासको कारणले ‘हरवाहवा’ अर्थात् हलो जोत्ने दशैजनाको मृत्यु भएको कुरा उपरोक्त लोकगीतमार्फत देवराज इन्द्रसँग दुःखेसो प्रकट गरिन्छ । टुहुरो बालक जस्तो काकाको अवस्था देखेर महिलाहरूको कठोरत्व अहिले करुणामा रूपान्तरित भइसकेको थियो । एक महिलाले अर्को महिलासँग हिलो नछ्यापौं भनिरहेकी थिइन् । यत्तिकैमा एक अर्कोे लाचारी गीत गुञ्जायमान भयो ।

इनर–इनर कहीं नें,

इनर कइसन हँउवे हो ।

दा¥ही–मोछ कमा के इनर,

झमरत अइलें हो… ।।

अर्थात् इन्द्र–इन्द्र भन्छु तर कस्तो इन्द्र रहेछन् आमै १ दा¥ही र जुङ्गा बनाएर र चिटिक्क परेर देवराज इन्द्र वर्षाको रूपमा झमझम गर्दै आए भन्ने उपरोक्त लोकगीतको आशय हो ।

एक वृद्धले नवपुस्तालाई उपरोक्त कथा सुनाउने क्रममा भने, “खेतीपातीको लागि अतिआवश्यक संसाधनमध्ये पानी पनि एक हो । जलवर्षा नहुँदा देवराज इन्द्र कुपित भएको मानिन्छ ।” उनले उपरोक्त कथाको पात्र आफू नै भएको बताएपछि नवसन्ततिहरू हाँसिरहेका थिए । केटाकेटीहरूको एक प्रश्नमा काकाले चाँडै रिसाउने, चिंढिने, गाली गर्ने र भाग्ने प्रवृत्तिका मानिस शिकार हुने कुरा बताएपछि केटाकेटीहरूबीच हाँसो र ठट्टा धेरैबेरसम्म चलिरह्यो । अर्को वर्ष उनले शुरूमैं आत्मसमर्पण गरेपछि गाउँका अर्र्को एक व्यक्ति हिलोको चपेटामा परेको कुरा बताएपछि माहोल पुनः हास्यमय भयो ।

उहिले देखेको परिस्थितिका साथै काकाले अहिलेको परिस्थिति पनि केटाकेटीहरूसँग साझा गरे । असार–साउन धान रोप्ने समय हो । समयमा जलवर्षा भएन भने किसानहरू चिन्तित हुन्छन् । प्रकृतिमा आधारित सिंचाइ प्रणाली बिस्तारै नहरको विकासक्रमले कृषि कार्य सहज हुँदै गयो । यद्यपि पछिल्लो अवस्थालाई दृष्टिगत गर्ने हो भने झन्डै दुई÷तीन दशकदेखि नहरको भरोसामा खेतीपाती गर्नु असम्भव प्रायः छ ।

यसको अलावा वैकल्पिक सिंचाइ आयोजना अन्तर्गत स्यालो ट्युबवेल र डीप बोरिङ आदिको परिकल्पना पनि प्रगति उन्मुख छैन । उहिले सिंचाइ मात्र होइन, संसार नै देवराज इन्द्र अर्थात् प्राकृतिक जलस्रोतमा निर्भर थियो, छ र रहनेछ । तर आजको परिवेशमा सरकारले प्रत्येक खेतबारीमा सिंचाइ सुविधा नपु¥याएसम्म न कृषिप्रति उत्साह बढ्छ, न हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं भन्ने कुरा बताएपछि अघिदेखि हाँसिरहेका केटाकेटीहरू भावविह्वल भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here